अमेरिकाले पू्र्णरुपमा अनलाइन कक्षा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरुको भिसा रद्द गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

अमेरिकाले पू्र्णरुपमा अनलाइन कक्षा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरुको भिसा रद्द गर्ने



अमेरिकी अध्यागमन एवं भन्सार एजेन्सी (आईसीई) ले अमेरिकामा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरुको कक्षा पू्र्णरुपमा अनलाइन मात्रै हुने भए उनीहरुको भिसा फिर्ता लिइने बताएको हो ।

यदि ती विद्यार्थीहरुले नयाँ नियमको उल्लङ्घन गरेको पाइए उनीहरुलाई आफ्नै देश पठाउन सकिने एजेन्सीले जनाएको छ । अमेरिकाका केही चर्चित विश्वविद्यालयले कोरोना भाइरस महामारीको कारण आफ्नो कक्षाहरु पूर्णरुपमा अनलाइनमार्फत चलाएका थिए । नयाँ प्रवासन नीतिबाट कति विदेशी छात्र प्रभावित हुन्छन् भन्नेबारेमा यकिन भइसकेको छैन ।

अमेरिकाको प्रतिष्ठित हार्भर्ड विश्वविद्यालयले पनि नयाँ शैक्षिक सत्रमा आफ्नो सबै कक्षा अनलाइनमार्फत सञ्चालन गर्ने घोषणा गरेको छ । एजेन्सीको सहयोगमा

प्रकाशित : २३ असार २०७७, मंगलवार १४:३१