आइडियल यमुना सहकारीद्वारा राहत वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

आइडियल यमुना सहकारीद्वारा राहत वितरण



काठमाडौं । सुकेधारामा रहेको आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाले अति विपन्न र अशक्त परिवारलाई राहत वितरण गरेको छ । जिल्ला सहकारी संघ काठमाडौंको संयोजनमा बुढानिलकण्ठ नगरपालिकामा बसोबास गर्ने २० घर परिवारलाई खाद्यन्न राहत वितरण गरिएको हो । बुढानिलकण्ठ नगरपालिकाका वडा नम्बर ४, ५ र ६ मा बासोबास गर्ने अति विपन्न र अशक्तहरुलाई प्रति परिवार एक बोरा चामल, पाँच केजी दाल, दुई लिटर तेल, पाँच प्याकेट नुनलगायतको खाद्यन्न वितरण गरिएको संस्थाका अध्यक्ष क्वायङ लामाले बताए ।


कोरोना भाइरस(कोभिड १९) का कारण समस्यामा परेका दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई संस्थाले खाद्यन्न सहयोग गरेको हो । संस्थाले कोरोना भाइरस (कोभिड १९) बाट सुरक्षित रहन आफ्ना सदस्य तथा समुदायमा मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामाग्री पनि वितरण गरेको थियो ।


सो अवसरमा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले सहकारीले सामाजिक उत्तरदायित्व अन्र्तगत अति समस्यामा परेका परिवारलाई सहयोग गर्दै आएको बताए । जिल्ला संघको समन्वयमा आइडियल यमुना सहकारीसहित अन्य सहकारीले पनि कोभिडका कारण समस्यामा परेका व्यक्ति तथा परिवारलाई राहत दिइरहेको उनले बताए ।

प्रकाशित : २५ असार २०७७, बिहीबार ०८:३६