अजोड इन्स्योरेन्सको आईपीओ विक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अजोड इन्स्योरेन्सको आईपीओ विक्री खुला



काठमाडौं । अजोड इन्स्योरेन्सले आजदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । कुल कित्तामध्य ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी २७ लाख ३० हजार सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो ।

यो आईपीओ खरिद गर्न चाहनेले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा असार २९ गते र ढिलोमा साउन ८ गतेसम्म विक्रीमा रहने यस आईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

विक्री प्रबन्धकसँगै अजोड इन्स्योरेन्सको केन्द्रिय कार्यालय सुन्धारा र आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने व्यवस्था छ ।

पूर्ण प्रविधिमैत्री बनेको प्राथमिक बजारमा आईपीओ खरिद गर्न मेरो शेयर प्रयोगकर्ताहरुले घरमै बसेर पनि आवेदन दिन सक्नेछन् । अजोडको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

प्रकाशित : २५ असार २०७७, बिहीबार १३:४७