सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय, भाडा ५० प्रतिशत बढ्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय, भाडा ५० प्रतिशत बढ्ने




काठमाडाै । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

उपत्यकामा तीन जिल्लाभित्र तथा उपत्यका बाहिर जिल्लाभित्र मात्र सार्वजनिक यातायात चलाउने दिने निर्णय भएको हो ।

स्वास्थ्य मापदण्ड पालना गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको अर्थ तथा सञ्चार मन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सवारी साधन चालकबाहेक थप दुई जना एकै परिवारको भए ५ वर्षसम्मको बालबालिका चढ्न पाउने निर्णय गरिएको छ ।

यात्रुबाहक सार्वजनिक यातायातमा सिट क्षमताको बढीमा ५० प्रतिशतसम्म हुने गरी एक पंक्तिमा सामाजिक दूरी कायम हुने गरी राख्ने र सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सवारी साधनको ढोकामा र भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, चालक तथा सहचालकले अनिवार्यरुपमा मास्क, भाइजर र पञ्जा लगाउने र दैनिकरुपमा सवारी साधन निसंक्रमित गर्ने गरी सवारी साधन सञ्चालन गर्नुपर्नेछ ।

भाडा ५० प्रतिशत बढ्ने

सरकारले क्षमता भन्दा आधा मात्र यात्रु बोक्न पाउने भएकाले सञ्चालन खर्च जुटाउन तोकेको भन्दा ५० प्रतिशतसम्म धेरै भाडा लिन पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको हो । त्यस्तै ट्याक्सीमा दुई जनासम्म यात्रु बोक्न पाउने गरी सञ्चालन अनुमति दिइएको छ ।

प्रकाशित : २५ असार २०७७, बिहीबार १७:१०