दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण बन्द



काठमाडौं । नेपालमा भारतीय समाचार टेलिभिजन च्यानलहरुको प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वत:फुर्त भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका हुन्।

बितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए

प्रकाशित : २५ असार २०७७, बिहीबार २०:२५