सुनको मूल्य आज घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

सुनको मूल्य आज घट्यो



काठमाडौं । सुनको मूल्य आज घटेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ६६० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी प्रतितोला ९८० रुपियाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित : २८ असार २०७७, आईतवार ११:५०