नेफ्सेमा २ वटा कम्पनीको ४ लाख कित्ता बढी शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेफ्सेमा २ वटा कम्पनीको ४ लाख कित्ता बढी शेयर सुचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार २ वटा फाइनान्सको ४ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज मन्जुश्री फाइनान्स र युनाईटेड फाइनान्सको गरि कुल ४ लाख ४३ हजार ८ सय ६६ दशमलव २६ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आज मन्जुश्रीको १.७५ प्रतिशतले हुन आउने १ लाख ४० हजार ७ सय १० दशमलव ५४ कित्ता र युनाइटेडको ३ प्रतिशतले हुन आउने ३ लाख ३ हजार १ सय ५५ दशमलव ७२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

प्रकाशित : २८ असार २०७७, आईतवार १२:२०