साधना लघुवित्तको आईपीओ बुधबार बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

साधना लघुवित्तको आईपीओ बुधबार बाँडफाँड



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बुधबारभित्र बाँडफाँड हुने भएको छ ।

ग्लोवल आइएमई क्यापिटलका अनुसार आइतबार प्रि–अलोटमेन्ट हुने तयारी भइरहेको समेत जानकारी दिएको छ ।

कम्पनीको आईपीओमा ४ लाख ५५ हजार ७२७ जनाले १ करोड ११ ला ८७ हजार ९६० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ८ हजार ६०४ आवेदन रद्द भएको छ ।

कम्पनीले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये १० हजार ८९० कित्ता कर्मचारीका लागि र ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको हो ।

आईपीओपछि कम्पनीको चुक्तापुँजी २१ करोड ७७ लाख ८० हजार पुग्नेछ ।

प्रकाशित : २८ असार २०७७, आईतवार १३:३७