सरकारले २३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सरकारले २३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने



काठमाडाै । सरकारले २३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । मंगलबार जारी हुने यो ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

राष्ट्र बैंकले ९१ दिनको लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७७ साल असोज २७ गते परिपक्क हुनेछ । त्यस्तै, १ सय ८२ दिनको लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागिएको छ । यो ट्रेजरी २०७७ साल पुस २८ गते परिपक्क हुनेछ ।

यस्तै १ वर्षका लागि ९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७८ साल असार २९ गते परिपक्क हुनेछ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

प्रकाशित : २९ असार २०७७, सोमबार १५:१४