नेप्से परिसूचक २.१२ अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

नेप्से परिसूचक २.१२ अंकले बढ्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) शेयर कारोबार मापक नेप्से परिसूचक २.१२ अंकले बढेकाे छ । स्टकका अनुसार साेमबार शेयर बजार २.१२ अंकले बढेर एक हजार ३४२.४० मा पुगेकाे छ । नेप्से ०.१६ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.८१ अंकले बढेर २८२.२३ मा पुगेको छ ।

कूल १८४ वटा कम्पनीकाे ३७ लाख ३३ हजार ५०५ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ८ करोड ८७ लाख १६ हजार १ सय १८ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

प्रकाशित : २९ असार २०७७, सोमबार १५:२५