कोरोना संकटबाट प्रभावित क्षेत्रहरुलाई प्राथमिकतामा राखेर मौद्रिक नीति आउछ ः गभर्नर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कोरोना संकटबाट प्रभावित क्षेत्रहरुलाई प्राथमिकतामा राखेर मौद्रिक नीति आउछ ः गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्व महामारी कोरोना संकटबाट प्रभावित क्षेत्रहरुलाई प्राथमिकताका आधारमा सहुलियत प्रदान गरी मौद्रिक नीति आउने बताएका छन् ।
समितिले आगामी मौद्रिक नीतिका विषयमा राष्ट्र बैंकका गभर्नर अधिकारीसँग सोमबार छलफल गरेको हो । कोडिभ १९ र त्यसको असरले समग्र अर्थतन्त्र प्रभावित भएको अवस्थामा समितिले आगामी मौद्रिक नीतिको उद्देश्यबारे समितिले छलफल गरेको थियो ।

मौद्रिक नीति तर्जुमा गर्दा विभिन्न क्षेत्रको राय तथा सुझावलाई मध्यनजर गरिने पनि उनको भनाइ थियो । गभर्नर अधिकारीका अनुसार मौद्रिक नीति बनाउँदा सरकारको १५औँ योजना वित्तीय क्षेत्र विकास रणनीति, आव २०७७र०७८ को नीति तथा कार्यक्रम र बजेट, बैंकको तेस्रो रणनीतिक योजनासँग सामन्जस्यता कायम गरिनेछ। बैठकमा सांसदहरुले उठाएको लाभांश नीतिको जवाफ दिँदै नेपाल गभर्नर अधिकारीले बैंकहरुले आगामी वर्ष पनि लाभांश बाँड्न पाउने बताएकाछन् ।

उनले कोभिड १९ बाट प्रभावित सबै क्षेत्रका लागि आवश्यकता र प्राथमिकताका आधारमा राहत तथा सहुलियतका कार्यक्रमहरु मौद्रिक नीतिमार्फत ल्याइने बताएका छन्। अधिकारीले कोभिड–१९ पछि विश्वका विभिन्न देशको लाभांश नीति फरक–फरक रहेको भन्दै नेपालले भने सबै क्षेत्रको माग र सुझावलाई मनन गरेर त्यस्तो नीति लिने बताए । ‘कोभिड–१९ पछि वित्तीय क्षेत्रको लाभांश नीति कस्तो हुने भन्नेमा एशियाली मुलुकमै नै फरक–फरक नीति छ । भारतमा मार्चमा आर्थिक वर्ष सकिने भएकोते त्योबेला नै लाभांश दिन नपाउने नीति बनायो । तर चीन, हङकङ जस्ता देशले यसलाई कहिलै बन्द गरेनन्’ गभर्नर अधिकारीले भने, ‘यसबारे हामीले पनि विभिन्न सरोकारवालाहरुसँग छलफल गरेका छौं । सबैले आ–आफ्नो इन्ट्रेस्ट अनुसारका सुझाव दिनुभएको छ । हामी सबैको सुझावलाई हेरेर मौद्रिक नीति ल्याउँछौं ।’ अधिकारीले यसमा धेरै हस्तक्षेप गर्ने योजना पनि आफूहरुको नभएको स्पष्ठ पारे ।
वित्तीय मध्यस्थता लागत कम गर्न वित्तीय सुदृढीकरणका उपायहरुको रुपमा अवलम्बन गरिँदै आएको मर्जर तथा प्राप्तिलाई थप गति दिनेपर्ने अवस्था रहेको गभर्नर अधिकारीले बताए। त्यस्तै, डिजिटाइजेसनमार्फत नगदमा हुने कारोबार न्यूनीकरण गर्नु मौद्रिक नीतिको प्राथमिकता हुने उनले बताए।

प्रकाशित : २९ असार २०७७, सोमबार १६:०९