प्रभु बैंकले पायो ऋणपत्र निष्काशन अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

प्रभु बैंकले पायो ऋणपत्र निष्काशन अनुमति



प्रभु बैंकले ऋणपत्र निष्काशन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ३१ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो ।

यस सँगै अब बैंकले एक हजार अंकित दरका २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने छ । ८ बर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक १० प्रतिशतका दरले प्रत्येक तीन÷तीन महिनामा ब्याज भुक्तानी गर्ने छ । बैंकले कुल २ अर्ब मध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्ने छ ।

ऋणपत्र निष्काशनको लागि बैंकले नविल ईन्भेष्टमेन्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्ति गरेको छ ।

प्रकाशित : २ श्रावण २०७७, शुक्रबार १४:२०