साहस ऊर्जाले ४० प्रतिशत रकम आइपीओबाट उठाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

साहस ऊर्जाले ४० प्रतिशत रकम आइपीओबाट उठाउने



Sahasकाठमाडौं । निजि क्षेत्रबाट प्रबद्र्धित साहस उर्जा लि.को दोस्रो बार्षिक साधारण सभा शुक्रबार राजधानीमा सम्पन्न भयो । सभामा साहस उर्जाका अध्यक्ष हिम प्रसाद पाठकले कम्पनीको वार्षिक प्रतिवेदन पेश गर्दै आयोजनाको कार्य प्रगतिका बारेमा शेयरधनीलाई जानकारी गराए ।

सो अवसरमा अध्यक्ष पाठकले साहस उर्जाले निर्माण गर्न लागेको ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी आयोजना निर्माणका लागि पूर्वतयारी भैरहेकोे बताए । आयोजना निर्माण गर्न आवश्यक लगानी जुटाउनका लागि विभिन्न बैंकको सामुहिक लगानी (सहवित्तीयकरण) मार्फत कुल लागत ११ अर्व ८६ करोड रुपैयाको ७० प्रतिशत ऋण लिने प्रकृया अन्तिम चरणमा पुगेको छ । बाँकि ३० प्रतिशत सेयर पुँजि संस्थापकबाट संकलन भैरहेको छ । संस्थापक शेयरबापतको पैसा संकलनको काम पनि अन्तिम चरणमा पुगेकोे र चाँडै बन्द गर्ने पनि उनले बताए । संस्थापक शेयरमा लगानी गर्न चाहने लगानीकर्ताले यहि चैत महिनाको अन्तिम सम्म शेयर लगानी गर्न सक्ने र लगानी गरिसकेकाले थप लगानी गर्न सक्ने पनि बताए ।

वित्तीय संरचना अनुसार ७० प्रतिशत ऋण बाहेकको ३० प्रतिशत सेयर पुँजिमध्ये ४० प्रतिशत सर्वसाधारणमा शेयर निश्कासन गरि संकलन गरिने र ६० प्रतिशत संस्थापकको सेयर रहने छ ।

प्रकाशित : २९ चैत्र २०७२, सोमबार ०३:२९