दर्तै नभएको एजेन्टलाई २१ करोडको ठेक्का ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दर्तै नभएको एजेन्टलाई २१ करोडको ठेक्का !



काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सामान खरिदका लागि कानुनअनुसार दर्ता नै नभएका एजेन्टसँग करोडौंको ठेक्का दिएको खुलेको छ । महालेखापरीक्षकको कार्यालयको ५३ औं प्रतिवेदनअनुसार यसरी ठेक्का दिनेमा नेपाल प्रहरी अगाडि रहेको आजको नागरिक दैनिकमा समाचार छ ।

खरिद कार्यमा संलग्न हुने स्थानीय एजेन्ट नेपाल एजेन्सी ऐनअनुसार स्थानीय एजेन्सीका रुपमा दर्ता हुनुपर्ने कानुनी प्रावधान छ ।

नियमअनुसार आर्थिक वर्षको प्रारम्भमै कार्यालयले विभिन्न सामान खरिदका लागि सूचीकृत हुन सूचना जारी गर्दै आएको छ ।

प्रधान कार्यालयले दर्तै नभएका पाँच एजेन्टमार्फत १५ करोड ४४ लाख रुपैयाँ बराबरको सामग्री खरिद गरेको हो ।

प्रहरीकै अनुसरण गर्दै सशस्त्र प्रहरीले पनि कार्यालयमा सूचीकृत नभएका २ एजेन्टमार्फत ६ रोड २० लाख रुपैयाँ बराबरका विभिन्न समान खरिद गरेको खुलेको छ ।

प्रतिवेदनमा एजेन्टका नाम भने खुलाइएको छैन । दुवै संगठनका लािग यो नौलो रोग भने होइन । यस अघिको प्रतिवेदनमा समेत यसबारे उल्लेख गरिएको थियो ।

प्रकाशित : ३० चैत्र २०७२, मंगलवार ०३:२१