उपप्रम रावलले भने ‘संंगीतकार गुरुङलाई सहयोग गर्न राज्य सदैव तत्पर छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उपप्रम रावलले भने ‘संंगीतकार गुरुङलाई सहयोग गर्न राज्य सदैव तत्पर छ



13009695_1081137481909464_1436422077_oकाठमाडौं । अमर तिमी अमर रहन्छौ गीतको गुञ्जनमा, भावना तिम्रो देशभक्तीपुर्ण अटल म संगीतमा, हिमालजस्तो व्यक्तित्व तिम्रो चम्किलो देशमा, नेपाली भनी चिनारी दिने गर्विलो जोशमा । यि शब्दहरु कुनै लेखक, रचनाकार कवि, साहित्यकार कसैको पनि हैन । यो सन्दर्भ हो नयाँ वर्षको पहिलो दिन राजधानीमा आयोजीत राष्ट्र–गायक अम्बर गुरुङको नागरिक अभिनन्दन तथा शुभकामना कार्यक्रम को । कार्यक्रम सांगितीक माहोलमा आफनै गतिमा अघि बढी रहेको थियो ।

प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री भिम रावलको मन्तव्यको पालो आयो । दौरा सुरुवाललाई सोभायमान बनाउने कालो कोटमा सजिएका उपप्रम रावलले कोटको गोजीबाट एक पन्ना लिएर निकै जोशीलो शैलीमा प्रस्तुत भए । उनको प्रस्तुती देख्दा जो कोहिले पनि आंकलन गर्न सक्ने थियो की नवकविको उर्जाशील कविता बाच हँुदैछ । तर त्यहाँ उर्जासाथ भनिएको कविता केवल थियो संगितकार अम्बर गुरुङप्रति । निकै जोशिलो मुर्दामा देखिएका मन्त्री रावलले कविताका माध्यमबाट गुरुङको सु–स्वास्थ्को कामना गरे । कार्यक्रममा उपप्रम रावलले गुरुङलाई सम्मान पत्रले सम्मान गर्दै उनको स्वास्थ्य उपचारका लागि सरकार निकै कटिबद्व भएर लागेको जानकारी गराउँदै आगामी दिनमा पनि कुनै समसया परेमा सरकारले आवश्यक सहयोग गर्ने विश्वास दिलाए । सरकारले गर्ने आवश्यक सहयोग सदैव रहने जानकारी गराउँदै कुनै सहयोग आवश्यक परे निशंकोच सरकारलाई भन्न आग्रह समेत गरे । लामो समय भारतको मेदान्त अस्पतालमा उपचार गराएर फर्केका गुरुङलाई अजर अमर गीतहरु स्रोत समुहले अभिनन्दन गरेको हो ।

लाइटनेपाल डटकमका प्रधान सम्पादक सुर्य बस्यालको सौजन्यमा भएको कार्यक्रमको मिडिया पार्टनर लाइटनेपाल डटकम रहेको थियो । लाइटनेपाल डटकमका प्रधान सम्पादक बस्यालले नेपाली संगीतका मुर्धन्य सृष्टा, आम नेपालीको मनमा बस्न सफल गुरुङलाई अभिनन्दन गर्न पाउनु आफ्नो सौभाग्य भएको बताए । आफुले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको बताउँदै आगामी दिन पनि यस्तै सामाजिक कार्य गर्दै जाने बताए । कार्यक्रममा संयोजक रतन चन्दले संगीतकार गुरुङलाई राज्यले आजिवन सेवा सुविधान दिनु पर्ने धारणा राखे । उनले राष्ट्रका श्रष्ठालाई मासिक २५ हजार रुपैयाँ भत्ता र स्वास्थ्य सुविधा पनि उपलब्ध गराउनु पर्ने माग गरेका छन् । सोहि कार्यक्रममा ज्ञान बहादुर संगीत स्मिृती प्रष्तिठानले नगद २५ हजार एक सय रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरेको छ ।

प्रकाशित : १ बैशाख २०७३, बुधबार १३:१७