एनसेल अब पब्लिक कम्पनी, आईपीओको बाटो खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

एनसेल अब पब्लिक कम्पनी, आईपीओको बाटो खुल्यो



काठमाडौं । नेपालको निजी दूरसंचार सेवाप्रदायक कम्पनी एनसेलले अब सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । कम्पनीले अब कम्पनी रजिष्ट्रार कार्यालयबाट पब्लिक कम्पनीको रुपमा कारोबार गर्ने अनुमति लिएसँगै सर्वसाधारणलाई सेयर जारी गर्ने भएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयले श्रावण १९ गते एनसेललाई पब्लिक कम्पनीमा जाने स्वीकृति दिएको हो ।

कम्पनी रजिष्ट्रारको निर्णयसँगै प्राइभेट लिमिटेड रहेको कम्पनीको नाम अब एनसेल आजियटा लिमिटेड रहेको छ । कम्पनी ऐन २०६३ को दफा १३ (१) बमोजिम प्राइभेट लिमिटेड कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण हुने व्यवस्था छ ।

चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको एनसेलको सेयर अब सर्वसाधारणलाई बिक्री हुने बाटो खुलेको छ । एनसेलले बढीमा २० प्रतिशत सेयर पब्लिकमा बिक्री गर्नेछ ।

प्रकाशित : २१ श्रावण २०७७, बुधबार १२:०२