तलब घट्यो वा जागिर गुम्यो ? अप्नाउनुस् यी टिप्स , पैसाको समस्या समाधानमा पुग्छ धेर थोर राहात « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

तलब घट्यो वा जागिर गुम्यो ? अप्नाउनुस् यी टिप्स , पैसाको समस्या समाधानमा पुग्छ धेर थोर राहात



कोरोना भाइरका कारण अहिले विश्व नै संकटमा छ । सामान्य जागिर गरेर घर खर्च चलाउनेहरुलाई अहिलेको परिस्थितीमा निकै जटिल बन्दै गएको छ । कसैको रोजगारी गुमेको छ , त कसैको आधा मात्र तलब आउन थालेको छ । यो संकटको घडीमा सबैलाई उपयोगी हुने केही टिप्स यहाँ दिन खोजिएको छ ।

खर्च नियन्त्रणमा राख्नुस्


महिनामा भरि खर्चको सूचि बनाउनुस । जस्मा घर भाडा ,लोन, राशन आदी समावेश हुन् । यसमा पनि सबै भन्दा बढी जरुरी के छ त्यसलाई पहिलो प्रथामिकता बनाउनुस्। जस्तो घर भाडा, स्कूल फिस , लोन , बीमा प्रिमियम आदी । यस पछि बाँकी हुने खर्चलाई होल्डमा राख्नुस र त्यसबाट पैसा बचाउन सुरु गर्नुस् ।

आपतकालिन कोष


अहिले सम्म आपतकालिन कोष बनाउनु भएको छैन भने कोष बनाइ हाल्नुस् । यो कोष तपाइले घरको दराज वा सिरानीमा नराख्नुस् । कुनै बैंक तथा वित्तिय संस्थामा खाता खोल्नुस वा शेयरमा लगानी गर्नुस् । ताकी समयले साथ दिएको खन्डमा तपाइको पुँजी बढ्छ ।

मेडिकल इमरजेन्सी फन्ड


स्वास्थ्य भनेको धन हो । कुनै पनि बेला तपाइ हामी अस्वस्थ हुन सक्छाै । यसले तपाइको बचतको पुरै समाप्त पनि गर्छ । त्यसैले मेडिकल खर्चको लागि छुट्टै मेडिकल इमरजेन्सी फन्ड बनाउनुस । यो फन्डले कुनै गम्भिर अबस्थामा यो फन्डको आवश्यक छ । खास गरि तपाइको घरमा कुनै वृद्ध बीमारी हुनुहुन्छ भने त झन जरुरी नै छ ।

लोन घटाउदै लानुस


लेनदेन राम्राे हैन । लोनको मात्र बढ्दै जादा बोझ बढ्छ । यसका लागि लिनु र दिनु एउटा लिस्ट बनाउनुस । र यसलाई धेर थोर कसरी घटाउन सकिन्छ । उपाए खोज्न थाल्नुस ।

आफ्नो आर्थिक अवस्थाको मुल्यांकन पनि गर्नुस्


पहिले कुरा त आर्थिक अबस्था कस्तो छ । यसको आत्म मुल्यांकन गर्नु आवश्यक छ । आफ्नो अवस्थाको मुल्यांकन भए पछि तपाइले कसरी त्यो अबस्था भन्दा माथी कसरी पुग्ने भन्नेमा मेहनत गर्न थाल्नुस । के मा लगानी गर्दा कति फाइदा भयो केमा गर्दा घाटामा नै छु भन्ने तर्फ पनि ध्यान दिन जरुरी छ ।

यो जानकारी विभिन्न अन्तराष्ट्रिय संचार माध्यमको सहयोगमा तयारी पारिएको हो

प्रकाशित : २४ श्रावण २०७७, शनिबार १०:००