पुनःनिर्माणमा नेपाली उत्पादनलाई प्राथमिकता देउः उद्योगी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पुनःनिर्माणमा नेपाली उत्पादनलाई प्राथमिकता देउः उद्योगी



काठमाडौं । भूकम्पपछि भत्किएका संचरनाको मर्मत तथा पुनःनिर्माणका सम्पुर्ण कामका लागि नेपाली उत्पादनलाई प्राथमिकता दिन उद्योगीले सरकारसम्ग माग गरेका छन् ।

मिडिया इन्टरनेशनलमा बुधबार आयोजित अन्तर्क्रियामा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीले पूर्ण रुपमा निर्माणको पक्षमा नेपाली निर्माण कम्पनी सक्षम नभएपनि उत्पादनका सामाग्री नेपाली नै प्रयाग गर्ने वातावरण मिलाउन सरकारसँग माग गरेका हुन् ।

सामान्यतया पुनःनिर्माणको जिम्मा विदेशी कम्पनीलाई दिने र उसले निर्माणमा प्रयोग गर्ने सिमेण्ट, रड लगायत सामाग्री आफ्नै मुलुकबाट ल्याउने हुँदा भूकम्पबाट प्रभावित उद्योग थप मारमा पर्ने उनीहरुको भनाई थियो ।

विद्यमान ऐन नियम परिर्वतन गरेर भएपनि निर्माण सामाग्री नेपाली नै प्रयोग गर्नुपर्ने बाध्यकारी अवस्था सृजना गरी भूकम्पबाट क्षति व्यहोरेका उद्योगलाई स्थापित गराउनुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।

कार्यक्रममा भूकम्पका कारण अन्य क्षेत्र जस्तै पर्यटन क्षेत्रमा पनि असर पुगेकाले पर्यटन व्यवसायलाई स्थापित गराउनका लागि सरकारले बैक ऋण व्याज मिनाहाका कार्ययोजना ल्याउन आग्रह गरे ।

भूकम्प प्रभावित जिल्लाका उद्योगको क्षति नगन्य भएपनि त्यसपछि उत्पन्न परिस्थितिका कारण मुलुकभरका उद्योग व्यवसाय प्रभावित भएकाले उद्योगको अनुगमन गरी विगतको योगदान हेरेर बैक ऋणको व्यवस्था गर्न पनि व्यवसायीले माग गरे ।

व्यवसायीले भूकम्पका कारण उद्योगमा क्षतिपुगेको दाबी गरेपनि उद्योग मन्त्रालयमा भने एउटा पनि उद्योग क्षतिको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २० जेष्ठ २०७२, बुधबार १२:५१