२५ करोडको बचतपत्र निष्कासन गर्दै राष्ट्र बैँक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

२५ करोडको बचतपत्र निष्कासन गर्दै राष्ट्र बैँक



Nepal-Rastra-Bank_Panorama1_20111122085657काठमाडाै । नेपाल सरकारले वैदेशिक रोजगार बचतपत्र २०७८ निष्कासन गर्ने भएको छ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैँक, राष्ट्र ऋण व्यवस्थापन विभागले २५ करोड रुपैँयाको ५ वर्षे बचतपत्र निष्कासन गर्न लागेको हो । अर्धवार्षिक रुपमा व्याज भुक्तानी हुने र व्याजकरबाहेक ९ प्रतिशत व्याजदर रहने जानकारी गराउँदै राष्ट्र बैँकले इच्छुक वैदेशिक रोजगारमा संलग्न नागरिकलाई बचतपत्र खरिद गर्न आह्वान गरेको छ ।

बचतपत्रको विक्रि आगामी वैशाख ७ गतेदेखि २४ गतेसम्म खुला रहने जनाइएको छ । बचतपत्र निष्कासन वैशाख २९ गते हुनेछ । सावाँ झुक्तानीको मिती २०७८ वैशाख २९ गतेलाई तोकिएको छ । राष्ट्र बैँकले जनाएअनुसार, घटिमा पाँच हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई पाँच हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न सकिने छ ।

यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आपूm वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सकिनेछ । यो बचतपत्र धितो राखी यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन÷दिन सकिने बताइएको छ ।

अर्धवार्षिक रुपमा प्राप्त हुने ब्याज बचतपत्र खरिदकर्ता आफैले वा इच्छाइएको व्यक्ति मार्फत भुक्तानी लिन सक्नेछ । आप्mनो बैंक खाता वा इच्छाइएको व्यक्तिको बैंक खातामा जम्मा हुने गरी ब्याज भुक्तानी लिनको निमित्त आप्mनो वा इच्छाइएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर उल्लेख गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रकाशित : ३ बैशाख २०७३, शुक्रबार ००:४९