गाविस सचिवहरुलाई मूल्यांकनमा आधारित प्रोत्साहन भत्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गाविस सचिवहरुलाई मूल्यांकनमा आधारित प्रोत्साहन भत्ता



money2-390x293काठमाडौं । सरकारले गाविस सचिवहरुलाई मूल्यांकनमा आधारित प्रोत्साहन भत्ता दिने भएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको हो । ‘नयाँ प्रस्तावअनुसार, गाविस सचिवहरुले बढीमा तलबको आधा अर्थात ५० प्रतिशत भत्ता पाउनेछन्। केही सूचकहरु तथय गरेर त्यसको पालनाको आधारमा भत्ता दिने व्यवस्था गर्न खोजिएको  हो,’मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले भने ।
मन्त्रालयले आगामी मन्त्रिपरिषदबाट प्रस्ताव पारित गर्ने तयारी थालेको छ ।

भूकम्प प्रभाति १४ जिल्लाका गाविस सचिवले भने अतिरित्त काम गरेमा खाजा त्ता पाउने व्यवस्था हुन लागेको छ। मन्त्रालयले नै सडक सुविधा पुगेका २ हजार ६७१ गाविसलाई मोटरसाइकल खदरिद गर्न सक्ने सुविधा दिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

प्रकाशित : ५ बैशाख २०७३, आईतवार १०:४७