नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २ अर्ब ५७ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २ अर्ब ५७ करोड



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको थियो । कोरोनाका कारण नाफा घटेको देखिएको छ ।

१४ अर्ब २४ करोड चुक्ता पूँजी रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको रिजर्बमा ११ अर्ब ४१ करोड छ । बैंकको विवरण अनुसार सेयरधनीलाई बाड्न मिल्ने नाफा ६५ करोड मात्र भएको जनाएको छ । यो आधारमा बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा गतवर्षको बाट ५ प्रतिशत हो । लेखापरिक्षण हुँदा यो रकम फरक पर्छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले १७ अर्ब रुपैयाँले निक्षेप बढाएको छ । असार मसान्तमा बैंकको निक्षेप १ खर्ब ६६ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो वर्षको असार मसान्तमा बैंकको निक्षेप १ खर्ब ४९ अर्ब रुपैयाँ रहेको थियो ।

कर्जा भने १३ अर्ब रुपैयाँले बढेको छ । बैंकले असार मसान्तसम्ममा १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा दिएको छ अघिल्लो वर्ष १ खर्ब २२ अर्ब रुपैयाँ कर्जा दिएको थियो ।

१३.२३ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंकको पूँजीकोष अनुपात रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको एनपीएल २.९१ प्रतिशत रहेको छ । ७.५१ प्रतिशत बेसरेट रहेको छ ।

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार ०७:४२