झिनो अंकले बढ्यो शेयर बजार, कस्ले कति कमाए कति गुमाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

झिनो अंकले बढ्यो शेयर बजार, कस्ले कति कमाए कति गुमाए ?



काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज ६.२८ अंकले बजार बढेको हो । ०.४५ अंकले बढ्दा नेप्से परिसूचक १३९७.५७ अंकमा उक्लिएको छ ।

नेप्सेका अनुसार आज ३९ करोड ३१ लाख २९ हजार ६८ रुपैयाँको कारोबार भएको छ । आज म्यूचुअल फण्ड र होटलबाहेकका सबै समुहहरुमा हरियाली छाएको छ ।

आज समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्य ९.९२ अंकले बढेको छ। सोही आधारमा कम्पनीका लगानीकर्ताले प्रतिकित्ता १२ रुपैयाँ कमाएका छन्। त्यस्तै सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ५.७५ प्रतिशतले बढेको छ। त्यस्तै विशाल बजार कम्पनीको ५.५२ प्रतिशतले, सूर्योदय लघुवित्त वित्तीय संस्थाको ३.८९ प्रतिशतले सेयर बढेको छ।

गुमाउने कम्पनीमा जोशी हाइड्रोपावर अगाडि छ। उसको सेयर ६.४५ प्रतिशतले ओरालो लागेको छ। त्यस्तै, साधना लघुवित्तको पनि २.९९ प्रतिशतले सेयर मूल्य ओरालो लागेको छ।

कारोबारमा भने आज नेको इन्स्योरेन्स अगाडि छ। कम्पनीको ३ करोडको, नागरिक लगानी कोषको २ करोड ३९ लाखको, नेपाल पुनर्बीमा कम्पनीको २ करोड ३० लाखको, नेपाल बैंकको १ करोड ६८ लाखको, शिवम् सिमेन्टको १ करोड ५१ लाखको, नेपाल लाइफा इन्स्योरेन्सको १ करोड ३१ लाखको, एनएमबी बैंकको १ करोड २५ लाखको सेयर कारोबार भएको छ।

प्रकाशित : ४ भाद्र २०७७, बिहीबार १५:५४