रिलायन्स लाइफको आइपिओमा नयाँ रेकर्ड, ३० हजार बढी आवेदकको हातखाली हुने पक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

रिलायन्स लाइफको आइपिओमा नयाँ रेकर्ड, ३० हजार बढी आवेदकको हातखाली हुने पक्का



काठमाडाै । रिलायन्स लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओमा साढे ४ गुणा बढीको आवेदन परेको छ । आईपिओमा आज साँझ ५ बजेसम्ममा ६ लाख ६ हजार ३ सय ३१ आवेदकबाट २ करोड ४१ लाख ३१ हजार ८ सय ७० कित्ताको लागि आवेदन परेको आवेदन परको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएकाे छ । यो माग गरिएको भन्दा ४.२५ गुणा बढी हो ।

कम्पनीको आईपिओ ५ लाख ६७ हजार जना आवेदकले मात्र पाउने हुंदा झन्डै ३० हजार बढी आवेदक हातखाली हुने छन् । कम्पनीमा करिब ६ लाख जनाले आवेदन दिएका छन् । यद्यपि अझै पनि बैंकले हरुले आवेदन इन्ट्री गर्न सक्ने भएकोले यो संख्या केहि तलमाथि हुन सक्ने छ ।

कम्पनीले प्रति कित्ता सय रुपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

प्रकाशित : ८ भाद्र २०७७, सोमबार २०:००