नेप्सेमा चमक, एक अर्ब ८५ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

नेप्सेमा चमक, एक अर्ब ८५ करोडको कारोबार



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सातको तेस्रो दिन आज (मंगलबार) पनि बढेको छ । आज नेप्से ७ दशमलव १० अंकले बढेर १ हजार ४३८ दशमलव ७० विन्दुमा कायम भएको हो ।

नेप्सेका अनुसार आज एक अर्ब ८५ करोड बढीको कारोबार भएको छ । आज ट्रेडिङ, होटल, डेभलपमेन्ट बैंक, मेनुफक्चरिङ समुह ओरालो लागेका छन् भने अन्य सबै समुहहरुमा हरियाली छाएको छ ।

३९ लाख ४० हजार ६९१ कित्ता सेयर खरिदबिक्री भएका छन् । खरिदबिक्री भएकामध्ये म्युचुअल फन्ड, ड्रेडिङ र उत्पादन तथा प्रशोधन समूहका सूचक घटेका छन् भने बाँकी सबै माथितिरै लागेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक १५१.७३ अंकले बढेको छ ।

वाणिज्य बैंक समूहको सूचक १.९२ अंकले माथि लागेको छ । नेपाल पुनर्बिमा कम्पनीको भाउ सबैभन्दा धेरै ७.६९ प्रतिशतले बढेको छ । यता, समृद्धि फाइनान्सको भाउ सबैभन्दा धेरै ६.५४ प्रतिशत ले घटेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ । यसको २८ करोड ७४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रोमा नेको इन्सुरेन्स र तेस्रोमा सूर्या लाइफ इन्सुरेन्स परेका छन् ।

प्रकाशित : ९ भाद्र २०७७, मंगलवार १६:१८