ओली सरकार महेन्द्र मल्ल बन्नु जरुरी छ ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विचार

ओली सरकार महेन्द्र मल्ल बन्नु जरुरी छ !



बैकुण्ठ दाहाल

ज देश कोरोना माहामारि को चपेटामा छ जनता पनि कोरोना कै चेपुवामा चेपिन बाध्य छन् सरकाले जनतालाई काम धन्दामा जान ब्यापार ब्याबसाय गर्न दिएको छैन, जनता सरकारको आज्ञाकारी पाल्तु एउटा जिव जस्तै ठानेको छ । उसले हामि जनता पनि सत्सत् आदेशको पालना गरेर बसिरहेका छौ।

लकडाउनकै सिलसिलमा नेकपाका नेता पुष्पकमल दाहालले सेकुवा पोल्दै गरेको तस्विर सामाजिक सन्जालमा निकै भाईरस बनेको थियो, भने यता सडकमा जनता भोकै र नाङ्गै पैदलमार्ग हुदै गन्तव्यमा पुग्न यात्रा गर्दै थिए। मैले यहाँ नेताको खिसिटिउरि गर्न मात्रै खोजेको होइन मैले त केबल एउटा सजिब चित्र यहाँ देखाउन मात्रै खोजेको हु हामि जनता र नेताको दैनिकि र जनजिवनमा कति विभेद रहेछ भनेर ।

सायद मिति मलाई ठ्याक्कै थाहा भएन उनले कुनै दिन भाषामा भनेका थिए सामन्तको सम्पति तपाईं हरुलाई नै बाड्ने हो यदि यो लेखोट तपाईं हरुमध्ये कसैले पढ्नुभयो र उनि सम्म पुर्याउने माध्यम छ भने कृपया कस्ट गर्नु होला यदि उनले भाषामा भनेजस्तो हो भने आज हामि पनि यति खेर सेकुवा खाएर दात कोट्याउदै हुन्थ्यौ होला तर बिडम्बना हामी आज पनि ताउलो तताउन पसिना बगाउन समेत पाएका छैनौ उनिहरुकै अकर्मन्यताको पराकाष्ठा का बाबजुद ।

जब देशको बागडोर समालेका सरकार र तिनका सम्बन्धित निकायले जनताको दुख पिर अनि मार्कामा साथ सहयोग र सद्भाभाब देखाउदै भने त्यो सरकार के सरकार जसले अाफ्नो काम कर्तब्य र अधिकार बिधि बिधान निति नियम सु-सस्कृत ढंगबाट चल्दैन उ बिना लगाम को घोडा जसरि एक्लै दौडन्छ भने उसको न कहिलै भलो हुन्छ न अरु कसैलाई भलो गर्न सक्छ यो सबैमा जग जाहेर नै छ ।

समय बस्तु परिस्थिति अनुकुल कार्यकौषलता पर्दर्सन गरि जनताको हितमा दत्तचित्त भई अाफ्नो कार्यक्रम जनतमाझ ल्यई जनताको हितमा काम गर्न सक्नु नै एक कुशल राजनेता र सफल राजनितीज्ञ को अन्तिम लक्ष हुनु पर्नेमा हामिकाहाँ त्यसको बिपरित हुन दुर्भाग्य हो ।

अहिले सरकारको दिब्यदृष्टि कोरोना सङ्कर्मित फैलन नदिनु फैलिएका को उपचार गराउन ण दैनिकी चलाउन गार्‍हो परेकालाई राहात दिलाउनु अनि बिदेशमा अलपत्र परेका नागरिकको उद्दार गरि सकुसल घरफिर्ता गराउनु यति काम मात्रै अहिले सरकारले गर्न सक्यो भने मात्रै पनि उसको कर्तव्य पुरागरेको ठहरिने थियो तर किन्तु परन्तु सरकार अाफ्नै घर झगडामा अलमलिएर आफ्नो ओज आफै गिराउदै छ र जनतामाझ नालायक साबिद हुदैछ ।

जसका कारण सरकार र उसको पाटि नेकपाका लागि निकै महङ्गो साविद हुनेछ । अहिले सारा बिस्व नै सङकटमा छ भने हामि नेपालि त्यसबाट बिमुख रहन सक्ने कुरै रहेन यतिखेर हुनेखाने हरुले त खाई रहेछन् तर गरिखानेहरु भने निकै अप्ठ्यारोमा छन् यो अप्ठ्यारो बालुवाटार ले बुझेको छ या बुझेर पनि बुझपचाईरहेछ त्यो उनैले जानुन् आखिर जान्नु पर्ने र बुझ्नु पर्ने उनै हुन् तर किन सरकार कानमा कपास कोचेर हिडि रहेको छ ।सारा जनता नै उसको रबैया देखेर तिन छक्क छन् ।

यदि सरकार जनता पर्ति बफादार छ र उसको दाहित्वमा जनहित भन्ने शब्द पनि छ भने आज उ हामिले ईतिहाँसमा पढेको जस्तो महेन्द्र मल्ल बन्नु जरुरी छ र बर्तमान सरकारलाई तत्कालै महेन्द्र मल्ल बन्नबाट रोक्ने ल्याकत पनि कसैमा छैन तर यस्तो सुवर्ण अवसर किन गुमाउदै छ त बर्तमान सरकार ? आखिर किन सरकार जनताको नजरबाट गिर्दै छ त ?

कस्ले रोक्दै छ त जनताको घाउमा मलम पट्टि गर्न सरकारलाई आखिर किन सरकार जनपृय काम गर्नबाट चुक्दै छ त ? सरकारले किन आफ्नो अभिभाबकिय दाहित्व निर्बाह गर्नबाट बिचलन हुदैछ त के यसको सहजै जवाफ दिन सक्छ त सरकारले ? सरकारको नजरमा जनता नै सर्बेपरि हुनुपर्नेमा किन सरकारको ध्यान अन्तै मोडिएको छ त दर्जनौ पर्स्न सरकारका सामु आज ठडिएका छन् के यि पर्स्नको जवाफ छ त सरकार सग !

प्रकाशित विचार, विश्लेषण हाम्रा आधिकारिक धारणा नभई लेखक निजीका हुन् ।

प्रकाशित : १५ भाद्र २०७७, सोमबार ०९:३१