फरार अभियुक्त नै बैंकका सिईओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फरार अभियुक्त नै बैंकका सिईओ



काठमाडाै । ज्योती विकास बैंकमा विगत तीनबर्षदेखि एकजना सञ्चालकले अवैध रुपमा काम गरिरहेको भेटिएको छ । कानुन अनुसार बैंक सञ्चालकको उमेदवार समेत हुन अयोग्य ति व्यक्ति बैंक सञ्चालक समितिमा उमेदवार भई जितेर सञ्चालकको रुपमा काम गरिरहेका छन् । उनी हुन, हरिचन्द्र खड्का । ९२ करोड पुजी भएको बैंकमा जम्मा २० हजार कित्तामात्र सेयर भएका उनले अवैध रुपमा सञ्चालक बनि अझै कार्यरत रहेको थाहा भएको छ । उनको सो हर्कतको बारेमा राष्ट्र बैंकमा गत महिना उजुरी परेपछी मात्र खुलाशा भएको हो ।

joyti-bikas-bank
राष्ट्र बैंक, गभर्नर कार्यालय र सुपरिवेक्षण तथा नियमन विभागमा अवैध सञ्चालकमाथि कारवाही गरि पाउन उजुरी परेपछी सोबारे छानवीन शुरु भएको हो । राष्ट्र बैंक स्रोतले सेयर बजारसग भन्यो, ‘उनका विषयमा उजुरी परेको छ, हामी कागजात अध्ययन गर्दैछौं । यदी सही भए उनीमाथि कारवाही हुन्छ ।’
राष्ट्र बैंकमा दिईएको उजुरीमा उनी कम्पनी ऐन विपरित ज्योती विकास बैंकको सञ्चालकमा उमेदवार भएको, उनले उमेदवार हु“दा विबरण लुकाएको, राष्ट्र बैंकमा बुझाएको सञ्चालकको व्यक्तिगत बिवरण र सपथ ग्रहणमा झुठो बिवरण पेश गरेको लगायतको आरोप लगाइएको छ ।
राष्ट्र बैंकमा झुठो बिवरण पेश गरेको अभियोगमा कुनै पनि सञ्चालकलाई ५ लाख जरिवाना र ५ बर्षसम्म कुनै पनि बैंक तथा वित्तिय संस्थामा संलग्न हुन नपाउने गरी कारवाही हुने प्रावधान छ । यसअघि बैक अफ काठमाडौंमा सञ्चालक रहेका दिपकनरसिंह श्रेष्ठ र नेपाल विकास बैंकका सञ्चालक लवराज श्रेष्ठलाई यस्तै अभियोगमा दुबै कारवाही गरी सञ्चालकबाट हटाईएको थियो । अब राष्ट्र बैंकले खड्काको केसमा कारवाही गर्छ की भित्रभित्रै मिलाउ“छ, हेर्न ब्ाँ“की छ ।
कम्पनी ऐनले कुनै पनि बैंक तथा वित्तिय संस्थामा आधारभूत सेयरधनी रहेको व्यक्ति अर्को बैंक तथा वित्तिय संस्थाको सञ्चालक बन्न स्वतः अयोग्य हुने व्यवस्था गरेको छ । कम्पनी ऐन २०६३ को दफा ८९ मा ‘सञ्चालक पदमा नियुक्त हुन वा बहाल रहन नसक्ने अवस्था’ अन्तर्गत उपदफा १ (६) मा भनिएको छ, ‘समान उद्देश्य रहेको अर्को कुनै कम्पनीको सञ्चालक, आधारभूत सेयरधनी, कर्मचारी, लेखापरिक्षक वा सल्लाहकार पदमा बहाल रहेको ।’ ऐनको यस दफा अनुसार ज्योती विकास बैंकका सञ्चालक हरिचन्द्र खड्का स्वतः अयोग्य ठहरिएका छन् । उनी विगत ७ बर्षदेखि हाम्रो विकास बैंकका आधारभूत सेयरधनी छन् । उनको नाममा हाम्रो विकास बैंकमा करिब ७ प्रतिशत सेयर छ । यस अनुसार उनले सो बिवरण ढा“टेर ज्योती बैंकमा सञ्चालक बनेको र राष्ट्र बैंकमा पेश गरेको व्यक्तिगत बिवरणमा समेत झुठा बिवरण दिएको पुष्टि हुन्छ । सरकारी कागजातमा झुठो बिवरण दिएकोमा थप कारवाही समेत हुन सक्छ ।
राष्ट्र बैंक, गभर्नर कार्यालयका कार्यकारी निर्देशक तथा प्रवक्ता त्रिलोचन प“गेनीले ‘अवैध रुपमा सञ्चालक बनेका खड्कामाथिको कारवाही प्रक्रिया जारी रहेको’ जानकारी दिए । उनले केही दिनमै यससम्बन्धी निर्णय टुंगो लाग्ने समेत बताएका छन् । सेयर बजारस“ग कुरा गर्दै उनले भने, ‘बिशेष टोली पठाएर भए पनि कागजात झिकाएर अनुसन्धान गरी कारवाहीको निर्णय हुनेछ ।’
प्रवक्ता प“गेनीले ज्योती विकास बैंकमा बिभिन्न घोटाला भएको बिषयमा प्रहरी कारवाही भैरहेको र अभियुक्तहरु पक्राउ समेत परेको जानकारी दि“दै यसबारे राष्ट्र बैंकले अध्ययन गरिरहेको पनि जानकारी दिए । उनले भने, ‘सबै कुरा मिडियामा खुलाउन मिल्दैन, तर प्रक्रिया अघि बढिरहेको छ ।’
खड्का तीनबर्षअघि भएको बैंकको साधारणसभामा संस्थापक सेयरधनीको तर्फबाट निर्वाचित भएका थिए । त्यसबेला उनी हाम्रो विकास बैंकको सञ्चालक थिए । सो बैंकबाट हतार हतार राजिनामा दिएर ज्योतीमा उमेदवार भएका उनले झुठो बिवरण पेश गरेर सञ्चालक बनेको आरोप उजुरीमा छ । ज्योतीमा उनी आन्तरिक लेखापरिक्षण समितिको संयोजक तथा मर्जर समितिको संयोजक बनेका छन् । उनकै शिफारिशमा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका कृष्णबहादुर कु“वरले सञ्चालक खड्काको ईशारामा मात्र काम गर्ने गरेको आरोप समेत कर्मचारीहरुको छ । महिला कर्मचारीहरुस“गको सम्बन्ध, एक करोडमाथिको हरेक कर्जामा उनको चासो र कर्मचारी सरुवा बढुवादेखि आन्तरिक प्रशाशनमा समेत उनको हस्तक्षेपका बिषयमा बैंकभित्र उनका बिषयमा ठुलो असन्तुष्टी रहेको छ । खड्काले गरेका अन्य कृत्यका विषयमा पनि प्रहरी तथा राष्ट्र बैंकमा उजुरी गर्ने तयारी भैरहेको पीडित कर्मचारी र सेयरधनीहरुले बताएका छन् ।

फरार अभियुक्त नै सिईओ
ज्योती विकास बैंकका सिईओ कृष्णबहादुर कु“वर सरकारी कागजात किर्ते मुद्दाका फरार अभियुक्त रहेको खुलाशा भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ वारेन्ट जारी गरेको भए पनि उनी लुकिछिपी फरार रहेका थिए । त्यसपछी प्रहरीले सरकारी वकिल कार्यालयमार्फत चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको छ र अदालतले उनलाई सरकारीवादी फौजदारी मुद्दामा म्याद जारी गरेको छ । अदालतले गत चैत्र ३० गते सिईओ कु“वरसहितका फरार अभियुक्तहरुलाई अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ । (हेर्नुस, अभियोगपत्र र अदालतको आदेशको फोटो)
कुनै पनि फौजदारी अभियोग लागेका व्यक्ति सार्वजनिक पदमा रही काम गर्न पाउ“दैन । बैंकिङ घोटालामा सरकारी कागजात किर्ते मुद्दामा फरार अभियुक्तका रुपमा अदालतले म्याद जारी गरेको व्यक्ति सर्बसाधारणको अर्बौ निक्षेप रहेको बैंकमा कार्यकारी प्रमुख भएर काम गरिरहनु सुशाशनको दृष्टिले गम्भरि अपराध हो । तर, ज्योती बैंकका सन्चालक समिति समेत उनलाई बचाउनको अनेक किर्ते निर्णय गर्दै कागजात लुकाउन व्यस्त छ ।
ज्योती विकास बंैकको सुन्धारा शाखाबाट दिइएको एउटा कर्जाको लागि नक्कली कागजात मिलाउने कार्यका बैंकका अधिकारीहरु संलग्न भएपछी उनीहरुमाथि मुद्दा चलेको हो । चितवन सौरहास्थित जग्गा धितो राखेर दिईएको सो कर्जामा सबैजसो कागजात नक्कली उपयोग भएको पाइएपछी प्रहरीले अनुसन्धान गरी मुद्दा चलाएको हो । नक्कली नागरिकता, नक्कली लालपुर्जा र नक्कली व्यक्ति खडा गरी गत माघ १३ गते दिइएको २ करोड कर्जा घोटालामा बैंकका सिईओ, डिजिएम र प्रवन्धकसहितका कर्मचारीको मिलोमतो रहेको दाबी गर्दै चितवन प्रहरीले अदालतमा मुद्दा दायर गरेको हो । कानुन अनुसार सरकावादी फौजदारी मुद्दाका अभियुक्तहरुलाई पक्राउ गरी अदालतमा बुझाउनुपर्ने भए पनि प्रहरीले समेत मिलेमतो गरी उनीहरुलाई पक्राउ नगरी ‘फरार अभियुक्त’ भनेर अदालतमा मुद्दा दायर गरेको छ । प्रहरीले पक्राउ वारेन्ट जारी गरेको भए पनि गुपचुप रुपमा भित्रभित्रै मिलाईएको थियो ।
नियमित रुपमा बैंकमा हाजिर भई काम गरिरहेका कर्मचारीहरु कसरी ‘फरार अभियुक्त’ भए ? भन्ने प्रश्नमा प्रहरीले गोलमटोल जवाफ दिएको छ । तर, अदालतको आदेशपछी प्रक्राउ गरी चितवन जिल्ला अदातलमा बुझाउने तयारी रहेको समेत प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ‘प्रहरीले खोजेको बखत उनीहरु फेला नपरेका कारण हामीले अनुसन्धान गरी मुद्दा बुझाएका हौं । अब अदालतले आदेश दिएमा हामी पक्राउ गरी अदालतमा बुझाउनेछौं ।’

घट्ना बिवरणः
घट्ना बिवरण अनुसार काठमाडांै महाराजगञ्ज निवासी भूपु सैनिक मेजर कमल बस्नेतको चितवन सौरहास्थित १९ जग्गा उनकै नामको नक्कली नागरिकता र लालपुर्जा बनाएर बिक्री गरी सोही दिन बैंकमा धितो राखि २ करोड रुपैंया निकालिएको हो । अचम्मलाग्दो मिलेमतो के छ भने, २०७२ माग १३ गते सा“झ चितवनमा मालपोत कार्यालयमा जग्गा नामसारी भएको छ । तर, सोही दिन १० बजे नै ज्योती बैंकको सुन्धारा शाखामा सो जग्गा धितो राखी बिभिन्न ५ वटा चेकबाट २ करोड रकम समेत निकालिएको छ ।
कुनै पनि बैंकमा एकै दिनमा बेजिल्लाको जग्गा धितो राखेर सम्पूर्ण कर्जा प्रक्रिया पुरा गरी नगद निकाल्न सकिदैंन । जबकी कुनै पनि जग्गा नामसारी भएको ६ महिना पुरा नभई सोही धितोमा कर्जा दिन मिल्दैन । अझ सुन्धारा शाखाबाट कर्जा प्रक्रिया शुरु भए पनि सोको शिफारिश स्विकृति प्रक्रिया बैंकको केन्द्रीय कार्यालयबाट कर्जा बिभाग प्रमुख, नायब महाप्रवन्धक हु“दै सिईओले अन्तिम स्विकृति गरेका छन् । ज्योती बैंकको कर्जा नियमावली अनुसार २ करोड रुपैंया कर्जा स्विकृतिको लागि कर्जा समितिको बैठक बस्नुपर्छ । बैंकको कर्जा समितिमा सिईओ कु“वरसहित डिजिएम हेमराज रानाभाट र कर्जा बिभाग प्रमुख परमेश्वर शाक्य छन् ।
यति लामो प्रक्रिया एकै दिनमा कसरी पुरा भयो होला ? पक्कै पनि यसमा बैंकका बरिष्ठ कर्मचारीदेखि भुमाफीयाको मिलेमतो देखिएको प्रहरी अनुसन्धानमा देखिएको छ । सोही कर्जा घोटालाका लागि ९ बजे खुल्नुपर्ने बैंकको शाखा कार्यालय बिहान ७ बजे खोलिएको समेत रेकर्डमा देखिएको छ ।
एक महिनाअघि ९५ लाखमा दृष्टिबन्धक राखिएको कागज तयार पारी एक महिनापछी सोही जग्गा बेचिएको देखिएको छ । यसका लागि नागरिकता लगायतका सबै कागजात नक्कली तयार पारिएको थियो । कमल बस्नेतको नाममा रहेको जग्गा नक्कली नागरिकतामार्फत कमल बस्नेत बनाई मेरसिंह घर्तीको नाममा नामसारी गरिएको र बैंकले कर्जा पनि उनकै नाममा पास गरेको छ । घर्तीको नाममा कर्जा पास गरिए पनि बैंकले २ करोड रकम जनक बस्नेतको नाममा बैंकले भुक्तानी दिएको देखिन्छ । ज्योती बैंकबाट रकम निकालेको दिन (२०७२ माघ १३) जनक बस्नेत चितवन मालपोत कार्यालयमा साक्षी बसेको देखिन्छ । तर, उनले सोही दिन काठमाडौंस्थित ज्योती बैंकबाट रकम झिकेका छन् । यसले पनि बैंकका सिईओदेखि साना कर्मचारीसम्मको मिलेमतोमा २ करोड रकम झ्वाम पारिएको प्रष्ट हुन्छ ।

सिईओसहित ६ कर्मचारीमाथि मुद्दा
यस काण्डमा २० जनामाथि मुद्दा दायर गरिएको छ । जसमा ज्योती विकास बैंकका सिईओ कृष्णबहादुर कु“वरसहित डिजिएम हेमराज रानाभाट, कर्जा बिभाग प्रमुख परमेश्वर शाक्य, सुन्धारा शाखाका प्रवन्धक कन्चन उपाध्याय ढकाल, रिलेशनशीप मेनेजर प्रकृथि पौडेल र बरिष्ठ सहायक समिर दहाल छन् ।
यसबाहेक मालपोत कार्यालय चितवनका प्रमुख मित्रलाल ढकाल, नासु पुष्पराज अधिकारी, नासु, सुभाषचन्द्र धिताल, खरिदार रुद्रप्रसाद उप्रेती र खरिदार गंगाबहादुर बानियामाथि पनि सोही मुद्दा दायर गरिएको छ । साथै, यसका मुल सुत्रधारको रुपमा रहेका दोलखा माटी गाविसका जनक बस्नेत, बाग्लुङ किटेनी गाविसका मेरसिंह घर्ती, काठमाडौं बानेश्वरकी विमला ढकाल, सुर्खेत वीरेन्द्रनगरका रमेश गिरी र चितवनकी बिरुमाया तामाङ र काठमाडौं भोटेबहालका केशवराज ताम्राकारलाई मुख्य अभियुक्त मानिएको छ । साथै, रत्ननगर नगरपालिका कार्यालयका राजश्व शाखा प्रमुख डिम्बेश्वरी पौडेलको पनि मिलेमतो रहेकोमा उनीमाथि मुद्दा दायर गरिएको छ ।

साना कर्मचारी फसाईयो
ज्योती विकास बैंक आफुले पनि सो घोटालाका विषयमा अध्ययन गरेकोमा उल्टो तल्लो तहका कर्मचारीलाई फसाउने र मुख्य अभियुक्त माथिल्ला तहका कर्मचारी मात्र जोगिने हिसाबले रिपोर्ट बनाएको छ । बैंकका सिईओ कु“वरले आफु बच्नका लागि साना कर्मच्ाँरीहरुलाई मात्र अभियोग लगाएर कारवाही गरेका छन् । कतिसम् मभने प्रहरी अनुसन्धानले सुन्धारा शाखामा रहेका कुल ५ जना कर्मचारीमध्ये ३ जना मात्र कर्जा प्रक्रियामा संलग्न भएको देखिएकोमा सिईओ कु“वरले भने सबै पा“चै जनालाई कारवाही गर्नको लागि हनुमानढोका प्रहरीमा पत्राचार गरेका थिए । जबकी प्रहरी अनुसन्धानले सबैभन्दा मुख्य दोषी उनैलाई मानेको छ । जुनियर एसिस्टेन्ट तहका कर्मचारीलाई समेत उनले निलम्बन गरी आफु बच्ने प्रपञ्च गरेका छन् । तर, पछिल्लो समय बैंकले तीन जना कर्मचारीलाई मात्र निलम्बन गरेको बताइएको छ ।
ज्योती विकास बैंकमा यसअघि पनि चिलिमे जलबिद्युत कम्पनीको सेयर कारोवारमा ठुलो घोटाला भएको थियो । अर्काको नाममा रहेको सेयर बिक्री गरी रकम खानका लागि बैंकमा किर्ते खाता खोली त्यहीका कर्मचारीहरुले मिलेर लाखौं रकम खाईदिएका थिए । सो काण्डमा २२ जना कर्मचारीमाथि मुद्दा दायर भएको छ ।
सातबर्षअघि सञ्चालनमा आएको सो बैंक धराशायी अवस्थामा पुगिसकेको छ । बैंकका अध्यक्ष ध्रबकुमार उप्रेतीलाई अख्तियारले कारवाही गर्न लागेपछी राजिनामा दिएका छन् भने उनको स्थानमा आएका नया“ अध्यक्ष ध्रुब कोईराला पनि बैंकभित्र भएको घोटाला मिलाउनका लागि मरिहत्ते गरी लागिपरेका छन् । कोईराला कानुन व्यवशायी हुन र उनले सिईओ कुवरलाई कारवाहीबाट जोगाउन प्रयास गरिरहेको स्रोतको दाबी छ । सोही कारण अध्यक्ष कोईरालाले बोर्डमा समेत यति ठुलो घोटालामा मुद्दा दायर भएको बिषय थाहा दिएका छैनन् । सन्चालक समितीबाटै लुकाएको भए पनि राष्ट्र बैंकले यससम्बन्धी कागजात प्रहरीस“ग मगाएको छ । सेयर बजारसग सुरक्षित मुद्दा सम्बन्धी कागजात अध्ययन गर्दा बैंकभित्र यस्ताथुप्रै घोटाला भएको अनुमान गर्न सकिन्छ ।

सेयरबजार साप्तािहकबाट साभार

प्रकाशित : १२ बैशाख २०७३, आईतवार ०९:२८