तारागाउँ रिजेन्सीको ७ लाख कित्ता साधारण शेयर लिलाममा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तारागाउँ रिजेन्सीको ७ लाख कित्ता साधारण शेयर लिलाममा



nepal bankकाठमाडौ । नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको तारा गाउँ रिजेन्सी होटलको ७ लाख कित्ता साधारण शेयर लिलाममा बेच्ने भएको छ । बैंकले वित्तिय अबस्था थप बलियो बनाउन तारा गाउँ रिजेन्सी होटलको सो शेयर प्रति कित्ता २ सय रुपैयाँमा बेच्ने लागेको हो ।

अहिले यो होटलको सेयर दोस्रो बजारमा प्रतिकित्ता २ सय ६० रुपैयाँभन्दा बढीमा कारोबार भइरहेको छ । सो शेयर बिक्रीबाट नेपाल बैंकले कम्तिमा १४ करोड रुपैयाँ आम्दानी गर्नेछ । बैंकले उक्त सेयर बिक्रीका लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

खरिदकर्ताले न्युनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । १० लाख रुपैयाँसम्मको सेयर खरिद गर्नेले स्वेच्छिक रुपमा र त्यस माथि अनिवार्य रुपमा प्यान नम्बर पेश गर्नुपर्ने छ । अधिकतमको सीमा भने तोकिएको छैन । उक्त सेयर खरिदका लागि जेठ ९ गतेसम्म बोलपत्र भर्न पाइनेछ । १० गते विक्री प्रबन्धकले बोलपत्र खोल्ने छ ।

नेपाल बैंकले आफ्नो बित्तीय अबस्था बलियो बनाउन नेपाल ईन्स्योरेन्सको १० लाख ३१ हजार कित्ता संस्थापक शेयर यसअघि नै लिलाम गर्ने २१ दिने सूचना प्रकाशित गरिसकेको छ

प्रकाशित : २० बैशाख २०७३, सोमबार १४:४१