एक घण्टा अघोषित रुपमा लोडसेडिङ बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एक घण्टा अघोषित रुपमा लोडसेडिङ बढ्यो



काठमाडौं । लोडसेडिङ घटाउने योजनामा रहेको नेपाल विद्यूत प्राधिकरणले थप एक घण्टा अघोषित रुपमा लोडसेडिङ बढाएको छ । नदीमा पानीको बहाव अप्रत्याशित मात्रामा घटेपछि विद्यूत आपुर्तिमा समस्या देखिएको भन्दै  लोडसेडिङको समय थप गरेको हो ।

लोडसेडिङ बढेपनि प्राधिकरणले औपचारिक घोषणा भने गरेको छैन । गर्मी बढ्दै गएकोले हिउ पग्लिएर नदीमा पानीको मात्रा बढे अहिलेकै हाराहारीमा लोडसेडिङ राख्न सकिन्छ भन्ने विश्लेषण प्राधिकरणका अधिकारीहरुले गरेका छन् ।

प्राधिकरणकै सूचनामै एक घण्टा तलमाथी गर्न सक्ने उल्लेख भएको भन्दैले स्वभाविक भएको बढ्नु प्राधिकरणका अधिकारी बताउँछन् ।
अघिल्लो वर्षको यही अवधिको तुलनामा यस वर्ष आन्तरिक उत्पादन १६८ मेगावाट कम भएको छ । भारतबाट आयात भएको विद्यूतले केही भरथेग गर्दा लोडसेडिङ बढाउनु नपरेको प्राधिकरणका अधिकारी बताउँछन् । वैशाख महिना सुरु भएपछि नदीमा पानीको वहाव बढ्ने गरेको विगतको अनुभवका आधारमा कुलेखानी आयोजनालाई पुर्ण क्षमतामा चलाएर चैतमा दैनिक दुई घण्टा लोडसेडिङ घटाइएको थियो ।

कालीगण्डकीमा विगतका वर्षहरुमा वैशाख तेस्रो साता तिर एक सय मेगावाट विद्युत उत्पादन हुन्थ्यो । सोमबारसम्म यो आयोजनाबाट जम्मा ५५ मेगावाट मात्रै विद्युत उत्पादन भएको बताइएको छ ।

प्रकाशित : २० बैशाख २०७३, सोमबार १५:२९