यी राशी भएका व्यक्तिहरु बचत गर्न माहिर हुन्छन् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

यी राशी भएका व्यक्तिहरु बचत गर्न माहिर हुन्छन्



आर्थिक बचत गर्न सक्ने र नसक्ने भन्ने कुरा व्यक्तिको राशीमा पनि भर पर्छ । त्यसो भए आर्थिक बचत गर्न सक्ने राशीहरु कुन कुन हुन् त ? आउनुहोस् यसबारे जानकारी लिउँ :

वृष :

यस राशीका व्यक्तिहरु आफ्ना स्वभावका कारण चिनिने खालका हुन्छन् । त्यसैले यस राशीका व्यक्तिहरु रुपैयाँ राम्रोसँग वचत गर्नसक्ने व्यक्तिमा पर्छन् । बृष राशीका व्यक्तिहरु जुनसुकै अवस्थामा पनि आफ्नो लक्ष्यप्रति अडीक रहन्छन् । यही गुणले यिनीहरुलाई पैसा वचत गर्न अभिप्रेरित गर्दछ ।

कर्कट :

कर्कट राशीका व्यक्तिहरु आफ्नो घरसँग सम्बन्धित कुराहरुमा खर्च गर्न रुचाउँछन् । तर उनीहरुमा आफ्नो आम्दानी र खर्चलाई राम्रोसँग सन्तुलनमा राख्नसक्ने गुण हुन्छन् ।

मकर :

भनिन्छ यस राशीका व्यक्तिहरु केवल बचत गर्नकै लागि कमाउँछन् । मकर राशीका व्यक्तिहरु बचतमा यति सचेत हुन्छन् कि उनीहरु अति आवश्यक नपरि केहीमा पनि खर्च गर्दैनन् । पैसा खर्च हुन सक्छ भन्ने लाग्ने कुरालाई यिनीहरु वास्तै गर्दैनन् ।

कुम्भ :

कुम्भ राशीका मान्छेहरु यति पैसा प्रेमी हुन्छन् कि उनीहरु पैसाका लागि जोखिम मोल्न पनि पछि पर्दैनन् । यिनीहरु आफ्नो आम्दानी र खर्चलाई पूरै ध्यानमा राखेर बचत गर्ने स्वभावका हुन्छन् ।

-एजेन्सीहरुमा आधारित/ जनतासमाचारबाट सभार

प्रकाशित : २५ भाद्र २०७७, बिहीबार २०:४२