सरकार परिवर्तन हल्लास‌गै अधिकांश सुचक राताम्मे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सरकार परिवर्तन हल्लास‌गै अधिकांश सुचक राताम्मे



1295279027_1462356739काठमाडाै । नेप्से परिसूचक ३ दशमलव ८४ अंकले घटेर १ हजार ४ सय ६८ दशमलव ११ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यस्तै क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिेटिव इन्डेक्स शुन्य दशमलव ८४ अंकले घटेर ३ सय १८ दशमलव ०१ को बिन्दुमा पुगी कारोबार बन्द भएको हो । बजार खुलेको केहि समयमा घटेको नेप्सेमा १ बजे तिर भने बढेर १४ सय ६८ दशमलव ११ मा पुगेको छ ।

आज १ सय २२ वटा कम्पनीको ३ हजार ६ सय ५८ वटा कारोबारबाट ७२ करोड ८९ लाख ६२ हजार ३८ रुपैयाँ बराबरको ९ लाख ७० हजार ५ सय ५२ कित्ता शेयरहरु खरिद बिक्रि भएका छन् । हिजोको तुलनामा कारोबार रकम २३ करोड ९३ लाख १५ हजार ८ सय २२ रुपैयाँले घटेको हो ।

आज कारोबार भएका ७ वटा समुहहरुमा २ वटा समुह मात्र बढेको छ । सबै भन्दा बढी बढने होटल समुह १० दशमलव २ अंकले र फाइनान्स समुह शुन्य दशमलव ०२ अंकले बढेको छन् । त्यस्तै घट्नेहरुमा हाइडो समुहमा ८ दशमलव ९५ अंकले, बैंकिंग समुहमा ५ दशमलव २४ अंकले, विकास बैंक समुह २ दशमलव ८३ अंकले, अन्य समुह २ दशमलव ३५ अंकले र फाइनान्स समुह १ दशमलव ९२ अंकले घटेको हो ।

कारोबारको आधारमा अत्याधिक बढनेमा एनआइसी एशिया बैंकको ४ करोड ८८ लाख ९६ हजार ६ सय ७९ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै नेपाल बैंकको ४ करोड १६ लाख ३८ हजार २ सय ३० रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड १३ लाख ९५ हजार ७ सय ७६ रुपैयाँ, एभरेष्ट बैंकको ३ करोड ६२ लाख १३ हजार ३ सय ४२ रुपैयाँ र नेपाल बङ्गलादेश बैंकको ३ करोड ३८ लाख ८८ हजार ३ सय ३४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

लगतै ३ दिन देखि साभा विकास बैंकको सबै भन्दा बढी ९ दशमलव ८८ प्रतिशतले मुल्यमा वृद्धि भएको छ, संगसंगै सबै भन्दा धेरै कमाउनेको सुचिमा दोस्रो स्थानमा हामा मर्चेन्ट एण्ड फाइनान्सको रहेको छ जसको ९ दशमलव ६९ प्रतिशतले मूल्य वृद्धि भएको छ भने तेस्रो स्थानमा काक्रेविहारको विकास बैंकको ७ दशमलव ८७ प्रतिशतले वृद्धि रहेको छ ।

सबैभन्दा धेरै आज मिथिला लघुवित्त विकास बैंकको ६ दशमलव ५९ प्रतिशतले मूल्यमा गिरावट आएको छ । त्यस्तै अरनिको डेभलपमेन्ट बैंकको ३ दशमलव ९२ प्रतिशतले र बरुण हाइडोपावर कम्पनीको ३ दशमलव ४६ प्रतिशतले मुल्यमा गिरावट आएको छ ।

वर्तमान केपी ओली नेतृत्व सरकारको प्रमुख घटक एमाओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको समाचारसँगै सरकार परिवर्तनको संकेतले सुरुवातमा बजार निकै ओर्लिए पनि अन्त्यमा भने सम्हालिएको छ । बजार खुलेको केही समयमा झण्डै १२ अंकले घटेको बजार अन्तिम समयतिर संहालिएर ३ दशमलव ८४ अंकले मात्रै घट्यो ।

प्रकाशित : २२ बैशाख २०७३, बुधबार ११:२४