धितोपत्र बोर्डले राष्ट्र बैंकलाई किन लेख्यो चिठी ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

धितोपत्र बोर्डले राष्ट्र बैंकलाई किन लेख्यो चिठी ?



bor&-nrbकाठमाडौं । नेपाल धितोपत्र बोर्डले साधारण सेयर निष्कासन गर्दा लगानीकर्ताको खातामै पैसा होल्ड हुने व्यवस्था कार्यान्वयनमा सघाउन नेपाल राष्ट्र बैंकलाई लिखित आग्रह गरेको छ ।

लगानीकर्ताको खातामा पैसा होल्ड गर्ने व्यवस्था लागू हुन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिनुपर्ने हुन्छ । राष्ट्र बैंकले निर्देशन दिएपछि सेयर आवेदकको खातामा पैसा रोक्न बैंक तथा वित्तीय संस्था बाध्य हुनेछन् ।

धितोपत्र बोर्डले सेयर आवेदन दिएपछि बाँडफाँट नहुँदासम्म सेयर भरे बराबरको रकम खातामै रोक्का राख्ने ‘आसबा’ प्रणाली लागू गर्ने निर्णय यसअघि गरिसकेको छ ।

यो निर्णय कार्यान्वयन गर्न राष्ट्र बैंकको सहयोग चाहिने भन्दै धितोपत्र बोर्डले केही दिन अघि राष्ट्र बैंकका गभर्नरलाई सम्बोधन गर्दै लिखित पत्र पठाएको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार राष्ट्र बैंकले धितोपत्र बोर्डको पत्र अनुसार केही दिनभित्रै बैंक तथा वित्तीय संस्थालाई सेयर आवेदकको खातामा पैसा होल्ड गर्ने व्यवस्था कार्यान्वयन गर्न, गराउन निर्देशन जारी गर्ने तयारी गरेको छ ।

धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको प्रारम्भदेखि सेयर भरेपछि लगानीकर्ताकै खातामा पैसा होल्ड गर्ने र बाँडफाँट पश्चात सेयर परेको पैसा कटाएर बाँकी झिक्न मिल्ने व्यवस्था गर्दैछ ।

यो प्रावधानबाट लगानीकर्ताले आइपीओ भर्दा निकै सजिलो महसुस गर्न सक्ने बोर्डको ठम्याईं छ । खाताबाट पैसा झिकेर आवेदन दिएको संस्थामा बुधmाउनुपर्ने झन्झट हुनेछैन । यसबाट एकै व्यक्तिले दर्जनौंको नाममा सेयर भर्ने (बोरे) प्रणाली नियन्त्रण गर्न पनि केहीदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : २२ बैशाख २०७३, बुधबार १२:२०