जहाजले अब पूर्ण सिट क्षमतामा यात्रु बोक्न पाउने, यस्तो छ कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

जहाजले अब पूर्ण सिट क्षमतामा यात्रु बोक्न पाउने, यस्तो छ कारण



काठमाडाै । जहाजको पूरै सिट भरेर चलाउन पाइने भएपछि निजी वायुसेवा सञ्चालकहरूले असोज ५ गतेदेखि जहाज उडाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै जहाजभरि यात्रु राखेर जहाज सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

यसअघि उनीहरूले सिट क्षमताको ५० प्रतिशत मात्रै राखेर जहाज चलाउन सरकारले निर्णय गरे पनि भाडा नबढ्दा जहाजको खर्च धान्न नसकिने भन्दै असोज १ गतेदेखिको उडान स्थगित गरेका थिए ।

त्यसपछि पर्यटन मन्त्रालयले कुल उडानको २५ प्रतिशत मात्रै जहाज उडाउन पाइने तर पूर्ण सिट क्षमतामा उडान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।

मन्त्रालयको यो प्रस्तावलाई मन्त्रिपरिषद्को बिहीबारको बैठकले अनुमति दिएको थियो । अब कुल उडान सङ्ख्याको २५ प्रतिशत मात्रै आन्तरिक उडान हुनेछन् तर जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न पाउने छन् ।

प्रकाशित : २ आश्विन २०७७, शुक्रबार २०:१७