एक साताका लागि पसल बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विविध

एक साताका लागि पसल बन्द हुने



काठमाडाै । एक साताका लागि सबै बजार क्षेत्र तथा सवारी साधान पूर्णरुपमा बन्द हुने भएको छ । एकै दिन आठ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि आइतबार (आज) देखि एक साताका लागि रोल्पाको गंगादेव गाउँपालिका सिल गरिएको छ ।

गाउँपालिका भित्रका विभिन्न स्थानका ३५ जनाको स्वाब परीक्षण गर्दा आठ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाले जानकारी दिएको छ ।

एक साताका लागि गाउँपालिका भित्रका बैंक, बित्तीय संस्थाहरु, पसल, होटेललगाएत सवारी साधनसमेत ठप्प रहने गाउँपालिकाले जानकारी दिएको छ ।

प्रकाशित : ४ आश्विन २०७७, आईतवार २१:५७