अब मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अब मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने



काठमाडौं । अब मोबाइलबाटै रेमिट्यान्स पठाउन मिल्ने भएको छ। नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलोक्ट्रोनिक कार्ड र डिजिटल वालेटहरुमार्फत् रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था गरेको हो । हालसम्म बैंक खातामा वा रेमिटेन्स कम्पनीबाट मात्रै नेपालमा पैसा पठाउन पाइने व्यवस्था थियो ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले सोमबार एक परिपत्र जारी गर्दै विदेशमा रहेका नेपालीहरुले डिजिटल माध्यमबाटै नेपालमा पैसा पठाउन पाउने व्यवस्था गरेको छ । जसका लागि नेपालका बैंक तथा वित्तीय संस्था एवम् विप्रेषण सेवा प्रदायक कम्पनीहरुले विदेशमा काम गरिरहेका नेपालीहरु कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पेमेन्ट गर्ने संस्थासँग आवद्ध हुनु पर्नेछ ।

प्रकाशित : ५ आश्विन २०७७, सोमबार १८:४६