सहकारीहरुले लिने ब्याजदर कति ? निर्णय सहित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

सहकारीहरुले लिने ब्याजदर कति ? निर्णय सहित



काठमाडाै । सहकारीहरुले लिने ब्याजदरकोमा परिमार्जन गरिएको छ । सन्दर्भ ब्याजदर समितिको आज बसेको बैठकले पहिलाको ब्याजदर परिमार्जन गरी दोश्रो पटक सहकारीको सन्दर्भ ब्याजदर तोकेको हो ।

सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको मिति २०७७/६/०५ को निर्णय बमोजिम सहकारी ऐन, २०७४ को दफा ५१ र सहकारी नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा मिति २०७७ कार्तिक १५ गतेदेखि लागुहुने गरी सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको हो ।

ऋण र बचतको ब्याजदरको अन्तर ६ (छ) प्रतिशत भन्दा घटी रहने गरी सन्दर्भ ब्याजदर तोकिएको हो । अघिल्लो वर्षको श्रावण १९ गते देखि सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १६ प्रतिशत कायम थियो । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको निर्णय बमोजिम ब्याजदर पुनरावलोकन गरिएको हो । यस अघि सहकारीले लिने ब्याज संगै सेवा शुल्कमा समेत सिमा तोक्ने बिभागले तयारी गरेको थियो । तर समितिमा कुरा नमिल्दा हाललाई सेवा शुल्कको बारेमा कुनै पनि निर्णय गर्न नसकेको बैठकमा सहभागि एक सदस्यले बताए ।

प्रकाशित : ५ आश्विन २०७७, सोमबार २०:००