लापरबाहीको चरम नमुना नेप्सेमा , नियत कि त्रुटी ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लापरबाहीको चरम नमुना नेप्सेमा , नियत कि त्रुटी ?



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को लापरबाहीले हद पार गरेको छ । बिना कारण सूचिकृत कम्पनीको सेयर कारोबार रोक्का गर्दै नेप्सेले आफ्नो लापरबाहीको नमुना प्रदशन गरेको हो ।
समाज लघुवित्त वित्तीय संस्था र स्वस्तीक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिन लागेका छन् । तर नेप्सेले सूचना जारी गरेर नै वोमी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार असोज ८ गतेदेखि लागु हुने गरी रोक्का गरेको छ ।

नेप्सेको सूचीकरण शाखाका वरिष्ठ अधिकृत कुलचन्द्र रिजालले हस्ताक्षर गरेको पत्र अनुसार समाज लघुवित्त वित्तीय संस्थानको असोज ५ गतेको पत्र अनुसार समाज र स्वस्तीक आपसमा गाभिने सम्बन्धि पत्रमा हस्ताक्षर भएको अवगत भएको उल्लेख छ ।

हेर्नुस सूचना

प्रकाशित : ८ आश्विन २०७७, बिहीबार १४:१६