६० लाख कित्ता आपीइओ निष्काशन गर्ने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

६० लाख कित्ता आपीइओ निष्काशन गर्ने तयारी



काठमाडाै । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनको विशेष प्रस्तावसहित कम्पनीले साधारणसभा बोलाएको छ ।

२ अर्ब चुक्ता पुंजी रहेको कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन। कम्पनीले छिट्टै नै सर्वसाधारणलाई ६० करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने तयारी गरेको छ।

कम्पनीले असोज २९ गते बिहिबार काठमाडौँको होटेल मेरियटमा सभा गर्ने जनाएको छ । सभामा आर्थिक वर्ष ७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, वित्तीय विवरणहरु स्वीकृत गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने, संचालक समितिका निर्णय अनुमोदन गर्ने लगायतका साधारण प्रस्ताव पेश हुने छ ।

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने र उक्त संशोधनमा फेरबदल आवश्यक परेमा आवश्यक संशोधन तथा परिमार्जनको कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ ।

प्रकाशित : ८ आश्विन २०७७, बिहीबार १९:५९