पूँजी पुर्याउन मर्जर र हकप्रद तथा बोनस शेयरको बाढी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पूँजी पुर्याउन मर्जर र हकप्रद तथा बोनस शेयरको बाढी



money2-390x293काठमाडाै । नेपाल राष्ट्रबैंकले ०७४ असार मसान्तसम्मको समयअवधि तोकेर वाणिज्य बैंक र विकास बैंकलाई साबिकको भन्दा चारगुणा बढीले पूँजी वृद्धि गर्नुपर्ने नीति बनाएसँगै तोकिएको पूँजी पुर्याउन मर्जर र हकप्रद तथा बोनस शेयरको बाढी नै आएको छ । बैंक तथा बित्तीय संस्थाहरुले पूँजी वृद्धिको उद्देश्यले हरेक वर्ष ठूलो संख्यामा जारी गरिरहेका हकप्रद तथा बोनस शेयरका कारण पूँजीबजार समेत गुल्जार बन्दै गएको छ । मुश्किलले १ हजार पुग्न नसकेको शेयरबजार परिसूचक(नेप्से) अहिले १५ सयतर्फको यात्रामा अगाडि बढिरहेको छ । यही अवस्थामा आगामी केही महिनाभित्रमै विभिन्न समूहका ३४ वटा कम्पनीको करिब १० अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निश्कासन हुने देखिएको छ ।

नेपाल धितोपत्र बोर्डमा परेको आवेदन अनुसार करिब १० अर्ब रुपैयाँको हकप्रद शेयर केही महिनाभित्रै निश्कासन हुन लागेको हो । बोर्डमा विभिन्न समूहको ३४ वटा कम्पनीले १० करोड २८ लाख कित्ता हकप्रद शेयर निश्कासनका लागि आवेदन दिएका बुझिएको छ । तीमध्ये अधिकांश बैंक तथा बित्तीय संस्था तथा बिमा कम्पनी छन् । बोर्डले हकप्रद निश्कासनका लागि परेको निवेदनलाई अगाडि बढाई अनुमति दिएपछि ती कम्पनीहरुलाई शेयर निश्कासन गर्न बाटो खुल्ने छ । सामान्यतया बोर्डबाट अनुमति पाएको २ महिनाभित्र कम्पनीले शेयर निश्कासन गरिसक्नुपर्ने हुन्छ ।

पूँजी वृद्धिका विभिन्न विकल्पमध्ये धेरै कम्पनीले हकप्रद र बोनस शेयर जारी गर्ने बाटो पक्रेपछि शेयरबजारको चहलपहल समेत बढेको छ ।

हकप्रद शेयर कम्पनीका शेयरधनीले मात्र खरीद गर्न पाउँछन । सम्बन्धित कम्पनीको सेयरको बजार मूल्य जति भए पनि शेयरधनीले अंकित मूल्य(प्रति कित्ता १ सयका दरले)मै खरीद गर्न पाउने भएकोले हकप्रदमा लगानीकर्ताको निकै ठूलो आकर्षण हुने गर्छ । कम्पनीले शेयरधनीबाटै पूँजी उठाउन चाहेको अवस्थामा हकप्रद शेयर निश्कासन हुने गरेको छ ।

बोर्डका अुनसार हकप्रद शेयरका लागि हाल ३ वटा वाणिज्य बैंक, १४ वटा विकास बैंक र १३ वटा फाइनान्स कम्पनीले आवेदन दिएका छन् । यसैगरी, २ वटा बिमा, १ जलविद्युत कम्पनी र नागरिक लगानी कोषले समेत आवेदन दिएका छन् ।

यता, केही कम्पनीहरुले ५ देखि ६ वर्षअघि नै आवेदन दिएका थिए । तर शेयर निश्कासन गर्नुअघि नै ती संस्था अन्य बित्तीय संस्थासँग मर्जर भएर नयाँ संस्था बनिसकेका छन् । यसको अर्थ, ती कम्पनीहरुमार्फत अब हकप्रद शेयर निश्कासन हुनेछैन । यस्ता कम्पनीहरुमा सिद्धार्थ फाइनान्स, आइएमई फाइनान्सियल इन्स्टिच्यूसन, गोर्खा विकास बैंक, पब्लिक डेभलपमेन्ट बैंक लगायत छन् ।

यसैबीच, अहिले सानिमा, एनआइसी एशिया र सिटिजन्स गरी तीनवटा वाणिज्य बैंकले हकप्रद शेयर निश्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । सानिमाले दुई शेयर बराबर एक कित्ता, एनआइसी एशियाले चार बराबर १ कित्ता र सिटिजन्सले १० बराबर साढे ५ कित्ताका दरले हकप्रद शेयर निश्कासन गदैछन् ।

यसबाहेक हिमालयन, मेगा, माछापुच्छे लगायतका बैंकले पनि आवेदन दिने तयारी गरिसकेका छन् । यसबाहेक जनता, प्राइम, लक्ष्मी बैंक लगायतले पनि हकप्रद शेयर निश्कासनको प्रक्रिया अघि बढाउनेछन् ।
बढाउने बताएका छन् ।

कर्णाली डेभलपमेन्ट बैंक र नेपाल कमिन्यूटी डेभलपमेन्ट बैंकले छिट्टै निश्कासन गर्र्दैछन् । कर्णाली डेभलपमेन्ट बैंकले दुई शेयर बराबर एक कित्ता शेयरको दरले यही बैशाख ३० गतेदेखि निश्कासन गर्दैछ । नेपाल कम्युनिटी डेभलपमन्ट बैंकले पनि आउँदो जेठ २ गतेदेखि एक शेयर बराबर एक कित्ताका दरले शेयर निश्कासन गर्दैछ ।

प्रकाशित : २८ बैशाख २०७३, मंगलवार ०२:५८