प्रभु मनि ट्रान्सफरद्वारा रेमिटेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रभु मनि ट्रान्सफरद्वारा रेमिटेन्स सम्झौता



146463466_1462880447काठमाडौं । प्रभु मनि ट्रान्स्फर प्रा.लि र प्रोग्रेशिभ फाइनान्स लि. बिच रेमिटेन्स सम्झौता भएको छ । सम्झौतामा प्रभु मनि ट्रान्स्फरका तर्फवाट नायव महा प्रवन्धक रामेश्वर सापकोटा तथा प्रोग्रेशिभ फाइनान्सका तर्फवाट कार्यकारी प्रमुख विशाल हुमागाइले संझौतामा हस्ताक्षर गरे ।

काठमाडांैको पाको न्युरोड तथा काभ्रेको उग्रतारा पुल वजारमा रहेको शाखाहरुवाट आगामि साता वाट कारोवार संचालन हुने भएको छ ।

त्यसै गरी महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्था सगँ पनि आजै सम्झौता भएको छ । सम्झौतामा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा.सुमित्रा मानन्धरल गुरुङ्गले हस्ताक्षार गरे ।

सम्झौता पश्चात मकवानपुरको चित्लाङ्गमा प्रधानकार्यालय रहेको वित्तिय संस्थाको मकवानपुर, ललितपुर, नुवाकोट, रोल्पा, रुकुम, सल्यान र दोलखा गरी ८ जिल्लाका दुर्गम गाउँहरुका ग्राहकले प्रभु मनि ट्रान्स्फर प्रा.लिको रेमिटेन्स सुविधा पाउन सक्ने भएका छन् ।

प्रकाशित : २८ बैशाख २०७३, मंगलवार १४:४३