दशैको मुखमा उपभोक्तालाई राहात- डिजेल र मट्टीतेलको मूल्य घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

दशैको मुखमा उपभोक्तालाई राहात- डिजेल र मट्टीतेलको मूल्य घट्यो



काठमाडाै । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य समायोजन गेको छ । बिहिवार राति १२ बजेबाट लागूहुनेगरी प्रतिलिटर एक रूपैयाँ मूल्य घटाईएको हो।

नयाँ मूल्य अनुसार अब डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ८९ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

भारतबाट डिजेल र मट्टीतेलमा घटेर नयाँ मूलय प्राप्त भएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

खाना पकाउने ग्यास,पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको छ।

प्रकाशित : १५ आश्विन २०७७, बिहीबार २०:२५