कोरोनाका कारण बन्द भएको श्रम स्वीकृति आजदेखि सुचारु हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

रोजगारी

कोरोनाका कारण बन्द भएको श्रम स्वीकृति आजदेखि सुचारु हुने



काठमाडाै । वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीमा कोरोना देखिएपछि बन्द भएको श्रम स्वीकृति आजदेखि सुचारु हुने भएको छ।

बुधबारदेखि बन्द भएको वैदेशिक रोजगार कार्यालय ताहाचल ४ दिनपछि सोमबारदेखि पुनः सूचारु हुने भएको हो।

सोमबारदेखि सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सूचारु गरिने कार्यालयले जनाएको छ । आजबाट कार्यालयको सेवा सूचारु भएपनि निश्चित नियम भने पालना गर्नु पर्नेछ ।

कार्यालय प्रवेश गर्नुअघि कार्यालयको गेटमै साबुनपानीले हात धुनुपर्नेछ। सेवाग्राहीले कार्यालयमा लगाइएको गोलो चिन्हमा रहेर मात्रै सेवा लिन पाउनेछन्।

प्रकाशित : १९ आश्विन २०७७, सोमबार ०८:३२