सुनको मूल्य कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

सुनको मूल्य कति पुग्यो ?



काठमाडौँ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपियाँ बढेको छ । साताको पहिलो दिन प्रतितोला २ सय रुपियाँ बढेको सुनको मूल्य हिजो भने प्रतितोला ४ सय रुपियाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय रुपियाँ निर्धारण गरिएको छ ।

हिजो भने छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ८० रुपियाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनचाँदीको मूल्य उकालो लागेकाले त्यसैको प्रभाव प्रभाव नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ ।

प्रकाशित : २० आश्विन २०७७, मंगलवार ११:५७