नेपाल ग्रामिण बिकास बैंकले एफपीओ जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल ग्रामिण बिकास बैंकले एफपीओ जारी गर्ने



Bankकाठमाडाैँ । लघुवित्त क्षेत्रको सरकारी स्वामित्व धेरै रहेको कम्पनी नेपाल ग्रामिण बिकास बैंकले सर्बसाधारणको हिस्सा बढाउँन १५ प्रतिशत थप शेयर निष्काशन गर्ने भएको छ । नेपाल ग्रामिणमा हाल १५ प्रतिशत सर्बसाधारणको र ८५ प्रतिशत सरकारी तथा संस्थापकहरुको स्वामित्व रहेकोमा सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्याउँन थप साधारण शेयर निश्काशन (एफपीओ) जारी गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रहेकोमा झण्डै ९ लाख कित्ता थप शेयर सर्बसाधारणमा बिक्री गर्ने गरी निश्काशन गर्ने निर्णय कम्पनीले गरिसकेको छ । हाल सो कम्पनीको शेयरको बजार मूल्य ९०० रुपैयाँकै हाराहारीमा रहेको छ । पाँच वटा ग्रामिण बिकास बैंकहरु गाभिएर बनेको नेपाल ग्रामिण बिकास बैंकले यस आर्थिक बर्षको तेस्रो त्रैमाससम्म २६ करोड संचालन नाफा गरेको छ ।

प्रकाशित : ३१ बैशाख २०७३, शुक्रबार ०३:१५