माछापुच्छ्रे बैंकका ग्राहकलाई होटल अकामा र होटल मुनलाईटमा १५ प्रतिशत छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

माछापुच्छ्रे बैंकका ग्राहकलाई होटल अकामा र होटल मुनलाईटमा १५ प्रतिशत छुट



काठमाडाै । माछापुच्छ्रे बैंकका ग्राहकले होटल अकामा तथा होटल मुनलाईट काठमाडौँमा खाना तथा पेय पदार्थमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंकले छुट्टाछुट्टै सम्झौता गरे अनुसार २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५% छुट पाइनेभएको हो ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट÷के्रडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा सोही सेवा लिन सक्नेछन् ।

नगद कारोबारबाट हुने जोखिम कम गर्न, डिजिटल कारोबारलाई प्राथमिकता दिन तथा ग्राहक महानुभावहरुलाई सहुलियत प्रदान गर्नको लागि बैंकले बिभिन्न संघसंस्था तथा व्यापारिक प्रतिष्ठान संग सम्झौता गर्दै आएको छ ।

हाल बैंकले १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २२ आश्विन २०७७, बिहीबार १७:११