प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने



काठमाडाैँ । प्रभु लाइफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हाे ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । गत साता आईपीओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हाे । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

प्रकाशित : २२ आश्विन २०७७, बिहीबार २१:०९