सबै भन्दा बढी शेयर कारोबार गर्ने कम्पनी चिन्नुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

सबै भन्दा बढी शेयर कारोबार गर्ने कम्पनी चिन्नुस्



काठमाडौं । यो साता शीर्ष कारोबार गर्ने दश ब्रोकर कम्पनीहरुले गरेको कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर, शिवम् सिमेन्टस्, अरुण काबेली पावर, नेपाल बैंक र हिमालयन डिष्टलरीको धेरै रकमको शेयर खरीद भएको छ ।

बिक्रीतर्फ पनि अरुण काबेली पावर, शिवम् सिमेन्टस्, अरुण भ्याली हाइड्रोपावर, नेपाल बैंक र नेपाल रि यन्स्योरेन्स कम्पनी धेरै बिक्री भएको पाँच कम्पनीमा समेटिएका छन् ।

यस साता ब्रोकर नम्बर ५८ ले सबैभन्दा धेरै १ अर्ब ६ करोड ९३ लाख रुपैयाँको शेयर खरीद गरेको छ । यस्तै विक्री तर्फ १ अर्ब १६ लाख रुपैयाँको कारोबर भएको छ ।

शेयर खरीद तर्फ ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटीजबाट ६७ करोड ८३ लाख, ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटीजबाट ६२ करोड १३ लाख, ब्रोकर नम्बर ४२ सनि सेक्युरिटीजबाट ५५ करोड १८ लाख र ब्रोकर नम्बर ४५ इम्पेरियल सेक्युरिटीजबाट ५४ करोड ८५ लाख बढीको शेयर खरीद भएको छ ।

बिक्रीतर्फ ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटीजबाट ७८ करोड ५० लाख, ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटीजबाट ५९ करोड १० लाख, ब्रोकर नम्बर ४५ इम्पेरियल सेक्युरिटीजबाट ५४ करोड ६४ लाख, र ब्रोकर नम्बर ४२ सनि सेक्युरिटीजबाट ५० करोड ८० लाख बढीको शेयर बिक्री भएको छ ।

प्रकाशित : २४ आश्विन २०७७, शनिबार २०:३१