आरएसडीसी लघुवित्तको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

आरएसडीसी लघुवित्तको लाभांश घोषणा



काठमाडाै । आरएसडीसी लघुवित्तले लाभांश घोषणा गरेको छ । शनिवार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले ९ प्रतिशतले हुन आउने बोनस शेयर र ३.६३ प्रतिशतले हुन आउने नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ६७ करोड १५ लाख रहेको छ ।

प्रकाशित : २५ आश्विन २०७७, आईतवार ११:२८