टानकोे ३८औं स्थापना दिवस: लाङटाङ–गोसाईकुण्ड हाफ म्याराथन हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

टानकोे ३८औं स्थापना दिवस: लाङटाङ–गोसाईकुण्ड हाफ म्याराथन हुँदै



TAAN-1024x678काठमाडौं । ट्रेकिंग एजेन्सीस् एसोसिएसन अफ नेपाल (टान)ले आफ्नो ३८ औं स्थापना दिवसको अवसरको पारेर जेठ १६ गते प्रथम टान लांगटांग९गोसाईकुण्ड हाफ म्याराथन २०१६ को आयोजा गर्ने भएको छ । भूकम्प पश्चात तहसनहस भएको लांगटांग९गोसाईकुण्ड क्षेत्रमा पहिले जस्तै पर्यटन गतिबिधि सुचारु भैसककेको संदेश दिने यो दौड आयोजना गर्न लागिएको हो । दौड धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण गोसाईकुण्ड परिसरबाटबाट शुरु भै लौरीबिना, चोलांगपाटि, चन्दनबारी, देउराली हुँदै रसुवा सदरमुकाम धुन्चेमा समापन हुनेछ । सो म्याराथनमा १८ बर्ष माथिका स्वदेशी तथा बिदेशी खेलाडीहरुलाई खुल्ला गरिएको छ भने पुरुष तथा महिलाको प्रतिस्पर्धा हुने टानले एक विज्ञप्ति जारी गर्दै बताएकोछ । म्याराथनमा प्रथम, द्वितीय, र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुले मेडल, प्रमाणपत्र तथा नगद रु ५० हजार, ३० हजार र २० हजार पाउने पनि टानले जानकारी दिएकोछ । सो म्याथानमा भाग लिन चाहनेले टान सचिबालय, मालीगाउँ वा टानको टिम्स काउन्टर, सातघुम्ती ९ठमेल० मा गइ आफ्नो नाम दर्ता गर्नुपर्नेछ साथै टानको वेबसाइट www.taan.org.np मा गइ अनलाइन दर्ता पनि गर्न सकिने टानले जनाएको छ । यसका लागि रु ५ हजार लाग्ने पनि टानले जानकारी दिएकोछ । यस अवाला खेलाडीहरुको अन्य खर्च भने टानले व्यहोर्ने बताएकोछ । हाफ म्याराथनलाइ हिमालयन कम्युनिटी प्रोजेक्टले मेडिकल गर्ने र लोजिस्टिक सहयोगीको रुमपा लांगटांग९गोसाईकुण्ड९हेलम्बु होटल सरोकार समिति रहने बताइएकोछ ।

प्रकाशित : ३१ बैशाख २०७३, शुक्रबार १२:२७