उद्योगपति चन्द्रप्रसाद ढकाल कोरोनामुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

उद्योगपति चन्द्रप्रसाद ढकाल कोरोनामुक्त



काठमाडाै । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा उद्योगपति चन्द्रप्रसाद ढकाल कोरोनामुक्त भएका छन् ।

उनले आइतबार फेसबुक पेजमा जानकारी दिदै आफू कोरोनामुक्त भएको जानकारी दिएका हुन् ।
उनले लेखेका छन् – हिजो गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको खुशीसाथ जानकारी गराउन चाहन्छु । यो दुई हप्ताको अवधिमा मेरो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गरी मलाई स्वास्थ्यलाभको कामना गर्ने देशका विभिन्न क्षेत्रका आदरणीय महानुभावहरु, नेपाल उद्योग वाणिज्य महासंघसहित देशका समग्र व्यवसायी साथीहरु एवं सबैप्रति कृतज्ञ छु ।

यहाँहरुको सद्भाव, शुभेच्छा र मायाले नै मैले कोभिड भाइरसलाई परास्त गर्न सकेको महसुस गरेको छु । यसबीचमा यहाँहरुको फोन रिसिभ गर्न तथा एसएमएस आदिको जवाफ लेख्न असमर्थ भएकोमा तपाईँहरु सबैप्रति क्षमाप्रार्थी छु ।

महामारीको अहिलेको अवस्थामा स्वदेश तथा संसारभरि रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई स्वास्थ्य सजगता र सतर्कता अपनाई सपरिवार सुरक्षित रहनुहोस् भनी कामना पनि गर्दछु । साथै संक्रमित भई उपचार गराइरहनुभएका सबैमा मेरो शीघ्र स्वास्थ्य लाभको कामना छ ।

प्रकाशित : २५ आश्विन २०७७, आईतवार १९:४६