सेयर बजार झिनो अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

सेयर बजार झिनो अंकले बढ्यो



काठमाडाै । सेयर बजार आज (सोमबार) झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक १.७४ अंकले बढेर एक हजार ५७८.०१ मा पुगेको छ । नेप्से ०।११ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.३७ अंकले बढेर ३१३.१० मा पुगेको छ ।

१८९ कम्पनीको ६८ लाख १५ हजार ७१० कित्ता सेयर १ अर्ब ९४ करोड ९० लाख ६० हजार १९४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ, होटल, विकास बैंक, माइक्रोफाइनान्स समूहको उपसूचकमा सुधार आएको छ भने जीवन बीमा, निर्जीबन बीमा, जलविद्युत कम्पनी, वित्त कम्पनीको उपसूचकमा गिरावट आएको छ ।

प्रकाशित : २६ आश्विन २०७७, सोमबार १५:४५